“२३ बर्षे गरिब युवा सुमन लिम्बु बचाउ अभियान”

Byadmin@jhapa_bulentin

३० श्रावण १३:५६ ३० श्रावण १३:५६ ३० श्रावण १३:५६

झापा । सुर्योदय नगरपालिका -०६ हर्कटे बजारमा बसोबास गर्दै आएका बर्ष २३ को सुमन लिम्बूलाई ब्लड क्यान्सर राेग भएको पुष्टि भएपछि भरतपुर क्यान्सर अस्पतालमा उपचार गरि रहेको छ ।

बिमारी सुमन लिम्बु मामाघर किशोर राईको घरमा बस्दै आएको थियो । बिमारी लिम्बुको आर्थिक अवस्था एकदमै कमजोर भएको हुनले आफ्नो भान्जा बचाउनको निमित्त भातपानी विहिन हुँदै घरमा भएको जायजेथा सम्पतिबाट अहिले उपचार गरि रहेको मामा किशोर राईले सुनाउनु भयो । घरबाट अब खर्च धान्न नसक्ने भैयो तसर्थ यसरी सहयोगी मन भएकाहरु माझ आफ्नो भान्जाको खातिर लम्पसार पर्दैछु ।

डाक्टरको सल्लाह सुझाव अनुसार समयमा उपचार हुनसके निजको स्वास्थमा सुधार भएर बाच्ने सम्भावना धेरै रहने हुन्छ । समयमा रगत परिवर्तन गर्दै औषधि सेवन गरेर धेरै यस्ता रोगीहरुले पुन: जीवन पाएको छन, बिमारी हेर्ने डाक्टर सुनाउनु हुन्छ ।

तपाईं हाम्रै सहयाेगले एक युवाले नयाँ जीवन पाउन सक्छभने तपाईं हामी सबैजना मिलेर याे युवाकाे जिवनरक्षाका लागि आर्थिक सहयोग गरौं? एक गरिब युवाले पैसाको अभावमा अकालमा ज्यान गुमाउनु नपरोसभन्दै सहयोग लागि अपिल गर्दै सोही ठाउँको युवा नरेश खड्काले आग्रह गर्नु भयो ।

*सहयाेगका लागि:
– Account Holder Name :KISHOR RAI
-Contact Number: 9852624395
-Account Number :1070050006887
-Bank Name: MEGHA BANK NEPAL

Facebook Notice for EU! You need to login to view and post FB Comments!