✍️ डा.चित्र माबो लिम्बू
मैले झ्यालबाट चियाइरहँदा
त्यो साम्राज्य नियालिरहँदा
त्यो साम्राज्य भित्र
कोहि कोहिली घुसिया
कोहि कोहिली वेश्या
कोहि निमुखा रहेछ
त्यहाँ समानता शून्य रहेछ
त्यहाँ त हजुर
शक्तिको भक्ती मिल्दो रहेछ
हजुराइको राज चल्ने अनि
बाठैंको काज चल्ने रहेछ
इमान्दारलाइ सोझो
श्रमबीरलाइ लाटो
चतुर्याइँलाई टाठो
घुसियालाइ बाठो
यस्तै-यस्तै भन्दारहेछ्न
पिठोले चामल साट्दारहेछ्न
यहाँको चलन हजुर यस्तै रहेछ
कात्रोमा कमिसन मिल्दोरहेछ
लासमा राजनीती हुँदो रहेछ
साँचो बोलि बोले छुच्चो
पढेलेखेकालाई सोझो
दर्शनमा उपद्रो
ढुङ्गा र इँटाहाने बडो
यहाँ त यस्तैपो चल्दो रहेछ
हाम्रो देशमा त हजुर
चोरहरुको राज चम्दोरहेछ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!