झापा । विश्वव्यापी रुपमा आ-आफ्नो जातिय पहिचान, मौलिक संस्कार, परम्परा लगायत नयाँ पिढी माझ जिवित राख्नको निम्ति अनेक संघर्ष गरि रहेको यो समयमा लोभ हुने अवस्थामा पुग्न लागेको याक्थुङ समुदायको “हाक्पारे” लाई नयाँ पिढीमाझ संदावहार जिवित राख्नको निम्ति सेवारो टिभीको मुख्य प्रयोजनमा, याक्थुङ हाक्पारे सुजुम साम्लो को आयोजनामा संचालन भैरहेको “हाक्पारे अनलाइन प्रतियोगिता ” को अडिसनको समय १५ लाई थपेको छ ।
एक महिनाको लामो समय अडिसन राख्दा पनि नेपालकै विकट ठाउँ जुन ठाउँ मिडियाको पहुँच भन्दा बाहिर छ, सो ठाउँमा अति सुन्दर हाक्पारे गाउन सक्ने प्रतिभाहरु ओझेलमा परेको गुनासो आएको हुँदा यस प्रतियोगिता संचालन गर्ने टिमहरुको छलफलले सो प्रतिभाहरुलाई अवसर दिनु पर्छभन्ने ठोस निर्णय भएको हुँदा हामीले १५ दिनको लागि समय थप गरेको हौँ भन्दै यसै प्रतियोगिताको आयोजक समितिको अध्यक्ष इक्साहाङ चेम्जोङले जानकारी दिनु भयो ।
स्मंरण रहोस यो हाक्पारे अनलाइन प्रतियोगिताको विजेतालाई नगद रु ५५ हजार र प्रमाणपत्र, उपविजेतालाई नगद ३० हजार र प्रमाणपत्र साथै तेस्रो हुने प्रतियोगीलाई नगद २० हजार र प्रमाणपत्र प्रदान गरिनेछ । यस प्रतियोगिताको मुल्यांकन फेसबुक पेज लाइक र अपलोड गरेको भिडियो हेरेको आधारमा २०%, युट्युब च्यानल सबक्राइभ र अपलोड गरेको भिडियो हेरेको आधारमा २०% साथै निर्णायकहरुको ६०% मुल्यांकन गरेको आधारबाट तयार गरिएको अंकद्वारा विजेता घोषणा गरिनेछ ।