✍️ एराज माबो लिम्बु
झापा । ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका वार्ड नम्बर ४ निवासी स्थानीय युवा कृष्ण भट्टराई एक मिहिनेती कृषक मात्र होइन, एक सर्जक व्यक्ती पनि हुन । लामो समय कोरोना महामारी विरुद्धको लकडाउनले यतिबेला देश, समाज तहस नहस र अस्तव्यस्त बनी रहेको बेला उनी अहिले देशकै प्रमुख नगदे बाली अलैंची खेतिमा व्यस्त छ्न ।
कुनै समय देश विदेश घुमेर जीवन गुजारा गर्ने उनी अहिले लकडाउनले गर्दा स्वदेश फर्केपछि हामी युवाहरुले अप्रत्यक्ष रुपमा राज्यलाई सहयोग पुग्ने कार्यहरु केही गर्नु पर्छ भनेर यस खेति क्षेत्रमा लागेको बताउँछन उनी ।
हुन त पहिले पनि यस खेतिमा लागेका उनी सरकारको बेवास्ताका कारण र स्थानिय बजार भाउ खस्किएको कारण वाक्क दिक्क भएको बताउँछन । स्थानिय युवाहरूसँग सहजीकरण गर्दै स्थानिय सरकारले सहज वातावरण बनाए, सहज ढङ्गले स्वरोजगार अन्तर्गत अभियान चलाएर कम ब्याजमा ॠण उपलब्ध गराए, कैयौं युवाहरु विदेश जान नपर्ने बताउँछन ।
भट्टराईको अनुसार स्थानीय सरकार र प्रदेश सरकारले राज्यको प्रमुख समस्या युवा बेरोजगारीहरुलाई मध्य नगर गर्दै सहुलियत कृषि कर्जा उपलब्ध गराए अझै सहज हुने बताउँछन तर के गर्नु स्थानीय सरकारले कानमा तेल हालेर बस्छन नाम नछपाउने सर्तमा स्थानीय युवा सुनाउँछन ।
अलैंची ताप्लेजुङ जिल्लाकै प्रमुख आम्दानीको स्रोत भएको कारण सबैको ध्यान हुन जरुरी रहेको उहाँको दाबी छ, तर बहसको बिषय बनाएर छलफल गर्दा स्थानीय सरकारको कुरा छोडुम, आफ्नै उमेरका युवाहरुले चासो नदिएको गुनासो व्यक्त गर्ने भट्टराईले अलैचीबाट बार्षिक ७ लाख भन्दा माथी आम्दानी गरि रहेको जानकारी दिनुहुन्छ ।