शीर्षक – “माया” (विधा – कविता)

Byadmin@jhapa_bulentin

२७ श्रावण ११:३९ २७ श्रावण ११:३९ २७ श्रावण ११:३९

✍️भगवती ढुंगेल, बिर्तामोड

म सधै खोजीरहे
उनको अंगालोमा आफुलाई
पाउछु की भनी त्यहा
आफुले चाहेको माया
सधै नियाली रहे
उनका हरेक स्पर्सहरु
टोलाउदै कयौ पटक
उनका नयन भित्र
देखिन्छ की भनी माया
कयौं पटक मेरा निदरीमा
अल्प अल्प छाया सरी
कल्पना र सपना बिच
कल्पिदै पुर्ण गर्न तल्लिन छु
अतृप्त मेरो माया
खै..?यि हृदयका पानाहरु
कुन किसिमले पल्टिदै
उडाई कहाॅं पुर्याईने हो
फेरी भेटीएला कि नभेटीएला कुन्नी
अनेकौ रहरहरुको लडाई छ
चिप्लदै,पछारीदै आफैमा
ठोकिन पुग्छु बिसाल उनैको छातीमा
खोज्दछ यो मनले सधै ब्यस्त उनको साथ
जब एक्लोपना खट्किन्छ मन भरी
होसी बेहोसी ब्यर्थ रहन्छ समय
जान्न नपाएर उनलाई
मिठो मुस्कान सहितको हासोले
रोक्ने गर्दछन सधै सधै
प्रस्नै प्रस्नहरुको प्रहार
पिडित चाहना पर्खाल बिच कैदी झै
चिच्याउन खोज्दछन आजकल
अबिस्वास भरिएर फुट्ला झै
तोडीन्छन मनका डालीहरु
बाल्नलाई छेउमै आगो
त्यो मनको सिरानीमा
पगाल्न सकिन्छ कि भनी
मेरा लागी उनको सुमधुर माया
संका उपसंका बिच रोमलिन्छन रहर जब
एक्लोपन बन्दो रैछ बैरी आफैलाई
पिछा गर्न बाद्ध्य बन्दो रहेछ
छाया बनेर यहाॅं वहाॅं
मेरै लागी खर्चिएका उनका बैसालु रहर
देख्न र बुज्न नसक्नु पर्ने
कस्तो आएछ मायामा यो कहर
स्वार्थमा मातिएका योवनका यी तृस्णा
किन जोड्न सकिन मैले
क्षितिज झै पारी
निशब्द शुभ र शन्ध्यामा मधुर मुस्कान भरी
चुर्लुम्मै डुबुल्क्याएर निकालेको
बिर्सिदिएछु कि मैले
उनको भारी झोला ढोका बाट कोठा छोड्दा
सम्जिए मैले मेरा लागी उनको माया
र बिर्सिदिए आफुलाई पनी
सम्झदै मेरो र उनको माया ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!