✍️ नितेश शाह

झापा । हल्दिबारी गाउँपालिकाको गत मिति २०७७ असार १० गते भएको सातौँ गाउँ सभा प्रक्रियामा असन्तुलीत तथा असमान बजेट बिनियोजन, नीति तथा कार्यक्रममा भएको असमाबेसिकरणको कारण देखाइ तत्काल नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताद्वारा बुझाउन गएको ज्ञापन पत्र बुझ्न नमानेर तोडफोडमा उत्रिएपछि सभाध्यक्ष एवंम गाउँपालिका प्रमुख रबिन्द्र लिङदेन, वडा न. ४ का वडाध्यक्ष होम चुडाल(नेकां) र वडा न. ५ बाट राप्रपा बाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुले उक्त सभालाइ बहिष्कार गर्दै गर्दा नेकपाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले सभाध्यक्ष उपर हातपात गरेको अभियोग लगाइयो भनि बैठकबाट बाहिर निस्केपछी, उपाध्यक्षको अध्यक्षतामा उक्त गाउँसभा समापन गरेता पनि अध्यक्ष लिङदेनद्वारा प्रमाणीकरण नगरिएकोले सम्पूर्ण कामकाज श्रावण -१ गते देखि ठप्प भएको थियो ।

यता गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बीचको दुरी अनि उक्त गाउँसभाको निर्णयलाई प्रमाणीकरण गर्नका लागि अनेकौ छलफल हुँदै पुनः मिति २०७७ साउन १३ गते वडाध्यक्षहरु सहित अध्यक्ष र उपाध्यक्ष्यले पहिलो चरणको बैठक बसेर समस्या समाधानका लागि पहल गरेपनि ठोस निष्कर्षमा पुग्न सकेको थिएन । सोही समस्यामा केन्द्रित भएर गत साउन २० गते समस्या समाधानको लागि विधिवत रुपमा जानका लागि गाउँपालिका अध्यक्षलाई लिखित अनुरोध गरि, सातौँ गाउँ सभाको दोश्रो बैठक बोलाउनका लागि दबाब दिइएको थियो । जस अनुसार अध्यक्ष लिङ्देनले आज श्रावण २६ गते दोश्रो गाउँ सभाको भेला आयोजन गरेता पनि बिना निष्कर्ष बैठक स्थगित भएको छ ।

लामो समय देखि यसै अन्योलता र अप्रमाणीकरणको कारणले सम्पूर्ण हल्दिबारी बासीन्दाहरुको कार्यालयसँग सम्बन्धित कार्यहरु ठप्प भएकोले जनता समस्याको चपेटामा फसेको र बैठक बिधिवत रुपमा सुरु नै नगरी सामान्य उपस्थिती जनाएर एकाएक अध्यक्षले उपस्थिती गणक नभएको कारण देखाइ बैठक स्थगित गरेकाछनभने नेकपाबाट प्रतिनिधित्व गर्ने सबै जनाको उपस्थिती भए पनि बिधिवत रुपमा कार्यक्रम सुरु नगरी स्थागित किन गरियोभन्ने कुरामा हल्दिवारी बासीन्दाहरुले आपत्ती ब्यक्त गरेका छन ।

अन्तत विधि र कानूनको आधारमा समस्या हल नभए सेवाग्राही हल्दिबारीबासीन्दा अन्यायमा परि रहने देखिन्छ, तसर्थ समस्याको हल निकाल्नका लागि अब अगाडिको कदम र रणनीति कस्तो होला भन्ने अन्योलता देखिए नि समस्याको निकास निकालेर, सेवालाइ निरन्तरता दिन अनुरोध सहित समृद्धि हल्दिबारीको परिकल्पनालाइ साकार गर्न गराउन एकजुट भै अघि बढ्नु पर्ने देखिन्छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!