✍️ नितेश शाह
झापा । दक्षिण भेग हल्दीबारी गाउपालिका वार्ड न:२ अवस्थित काजली बजारमा आज स्थानीय युवाहरूको प्रत्यक्ष लगानीमा शिवालयलाइ कुर्सी हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । स्थानीय युवाहरूमा प्रकाश शाह,मुकेश शाह,श्यामु शाह र गोबिन्द सुन्दास रहेका छन् । स्थानीय युवाहरूको संयुक्त टोलीले शिवालयलाइ ५० वटा बस्ने कुर्सी हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बिभिन्न तह तप्काका बिशिष्ट ब्यक्तिहरूको समेत सहभागिता रहेको थियोभने उक्त कार्यक्रममा बिशिष्ट अतिथिको रूपमा हल्दीबारी गाउपालिका का अध्यक्ष रबिन्द्र लिङ्गदेन,नेपाली काङ्गेसका जिल्ला सदस्य पुस्तक नेपाल,बडाराम हेमरम,राष्ट्रिय प्रजातन्त्र पार्टीका हल्दिवारी अध्यक्ष एकराज राना मगर लगायत सयौ स्थानीयबासीहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै बडाराम हेमरमले शिवालयको पृष्ठभुमि देखि अहिलेको अवस्था चित्रण गर्दै आफु खुसी भएको समेत छर्लङ्ग बनाउनुभयो। त्यसैगरी शिवालयको हक हितको निमित्त आफु सधै लागि पर्ने भन्दै हल्दीबारी गाउपालिकाका अध्यक्ष लिङ्गदेन ले आगामी कार्ययोजनामा शौचालयको निर्माणकार्यमा सहयोग गर्ने बाचा समेत ब्यक्त गर्नुभयो ।त्यसैगरी अर्कापट्टि सासंद लिङ्गदेनले स्थानीयबासीको मागलाइ मध्यनजर गर्दै जग्गाको टुङ्गो लागे सार्वजनिक भवन निर्माण गर्न सक्ने वचन समेत दिनुभयो ।
उक्त कार्यक्रम को अध्यक्षता मन्दिर समितिको अध्यक्ष नरेन्द्र ढकालले गर्नुभएको थियो भने स्थानीय समाजसेवी लखन हेमरम को कार्यक्रम संचालन अन्तर्गत झापा जिल्ला क्षेत्र न:३ का सङ्घीय सासंद माननीय राजेन्द्र लिङ्देनको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।।