✍️ रजिन ढुङ्गेल
झापा । सुर्योदय नगरकार्यपालिको बिहिबार बसेको आकस्मिक बैठकले आज राती १२ बजे देखि लागु हुने गरी लकडाउन गर्नेे निर्णय गरेको हो । नगरपालिका क्षेत्रमा कोरोनाभाईरसको जोखिम बढदै गएको कारण कोरोना भाईरसको प्रकोप समुदायमा नफैलियोस भन्ने उदेश्यका साथ लकडाउन गर्ने निर्णय भएको नगरपालिका प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो ।सुर्योदय नगरपालिकाले अनिश्चितकालिन रुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।
यस्तै नगरपालिकाले आज एक बिज्ञप्ती जारी गर्दैे नगर क्षेत्रको कृषि जन्य उत्पादन दुधजन्य उत्पादन; दैनिक उपभोग्य खाद्यान्न बस्तुहरु अत्यावश्क इन्धन औषधी ओसारपसार आपूर्ती कार्यबाहेक अन्य सबै प्रकारका स्थानीय यातायातहरु होटल रेस्टुरेन्ट होम स्टे हाटबजारहरु टोल समाज भिडभाड हुने स्थान सामाजिक सांस्कृतिक कार्यहरु धार्मिक क्रियाकलापहरु बन्द गर्ने भएको हो ।
दैनिक अत्यावश्यक सेवा बाहेक सरकारी कार्यलय सघंसस्था, सामुदायिक तथा संस्थागत विद्यालय शैक्षिक संस्था बिभिन्न कार्यक्रम गर्ने इन्सीच्युट लगायतबाट प्रदान गरिने सेवाहरु लगायत सबै अर्को सुचना जारी नभए सम्मको लागि बन्द गर्ने निर्णय गरेको छ । भने खाद्यान्न पसलहरू बिहान ८ बजे बाट १२ बजे सम्म मात्रै सामाजिक दुरी कायम गरेर सञ्चालन गर्न दिईने भएको छ ।
अर्को पालिका जिल्ला भएर सूर्योदय नगरपालिका हुदै चल्ने लामो दुरीका सवारी साधानलाई सूर्योदय नगरपालिकाको कुनै पनि स्थानमा यात्रु चढ्ने ओराल्ने जस्ता कार्यमा प्रतिबन्ध लगाएको बताईएको छभने सूर्योदय सूर्योदयनगरपालिका क्षेत्रमा कार्यरत सरकारी गैरसरकारी क्षेत्र तथा सघंसस्थामा कार्यरत कर्मचारीहरु साथै जनप्रतिधिहरूलाइ अत्यावश्यक काममा जान परेमा अनिवार्य रूपमा अनुमति लिएर मात्र जान नगरले आह्वान गरेको छ साथै नगरबासीहरूलाइ अत्यावश्यक काम बाहेक बाहिर नहिड्न आग्रह गर्दै अनिवार्य मास्क र सेनिटाइजर को प्रयोगमा समेत जोड दिएको छ ।