साझा मन्च । एनएमबी बैंक बिर्तामोडका दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । अधिकृत स्तरका दुई कर्मचारी झापाको विर्तामोडबाट सरुवा भएर काठमाडौ गएका हुन् ।

बिर्तामोडबाट गत शुक्रबार तीनजना सरुवा भएर गएकोमा दुई जनालाई मंगलबार संक्रमण पुष्टि भएको बैंकले जनाएको छ ।

बैंक कर्मचारीमा संक्रमण देखिएपछि बिर्तामोड शाखामा सम्पूर्ण सेवा बन्द गरिएको बैंकका बिर्तामोड इन्चार्ज मेघराज तिमल्सिनाले बताए ।

बिर्तामोड नगरपालिकाले संक्रमित ती बैंक कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ शुरु गरेको छ । हिजो १२ जना बैंक स्टाफको स्वाब संकलन गरिएको र अन्य ६ जनाको लिन बाँकी रहेको तिमल्सिनाले बताए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!