झापा । छिमेकी गाउँपालिकाहरुले धमाधम लकडाउन गर्न थालेपछि लकडाउन गरेको क्षेत्रका मान्छेहरु मनोरञ्जन गर्न बुद्वशान्ती गाउँपालिकाको पर्यटकीय स्थलमा उपल्लो नगर तथा गाउँपालिकाबाट आउनेहरुको भीड बढेपछि भीडलाई नियन्त्रण गर्नको निमित्त बुद्वशान्ती गाउँपालिकाले आज प्रेस विज्ञप्ति निकालेर जानकारी गराउदै लकडाउन गरेका छन । आन्तरिक पर्यटन प्रर्वद्धन भएता पनि कोरोनाको महामारीको समयमा यो कार्य ठिक नभएको भन्दै समुदायमा कोरोना फैलन नदिन गाउँपालिकाले यस्तो निर्णय गरेको हो भन्ने जानकारी बुद्वशान्ती ७ का वडाअध्यक्ष मातृका पौडेलले सुनाउनु हुन्छ ।
पछिल्लो समयमा बुद्वशान्ती वार्ड नं. ७ मा अवस्थित, यसै क्षेत्रका पर्यटकीय स्थल जरेवरबाट मुनिको खोलामा “सिलटप” भन्ने पोखरीमा उपल्लो गाउँपालिका युवाहरु जम्काभेट गरि पौढी खेल्ने, अनावश्यक भीड गरेर त्यस क्षेत्रमा मापसे गर्दै फोहोर गर्ने, होहल्ला गर्ने लगायतका कार्यहरू गरेर त्यस क्षेत्रका समाजलाई नै आतंकित बनाइ रहेको छन, हामी कोरोना भाइरस देखि असुरक्षित भैरहेको छौ, यदि भोलि हाम्रो समुदायमा भाइरस फैलियोभने स्थानीय सरकारले जिम्मेवारी लिनु पर्छ भन्दै स्थानीयहरु आक्रोशित हुँदै गुनासो गर्नु हुन्छ ।
सो गतिविधिको विरोधमा स्थानीय युवाहरु देखि लिएर यस क्षेत्रका सम्पुर्ण बासिन्दाहरुले विरोध जनाएपछि बुद्वशान्ती गाउँपालिकाले यस कार्यलाई मध्यनजर गर्दै अति आवश्यक काममा मात्रै हिडडुल गर्न पाउने तर अनावश्यक रुपमा मानिसहरुको जम्काभेट भएर गरिने गतिविधि निषेधित गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
https://www.facebook.com/619781895056847/posts/1259339301101100/