✍️ प्रकाश आङ्देम्बे
रुबाई
(१)
बिदाईकाे क्षण हँसिलाे खुसिलाे ज्यान बनाएर जाऊ
याे रातले पाेल्छ मलाई विहान बनाएर जाऊ
बाचा खुवाएर मलाई बिर्स भन्छाै भने बिन्ती छ
तिम्रै हातले मेराे लागि एउटा चिहान बनाएर जाऊ
(२)
असम्भव तस्वीरहरू उन्छन् यी आँखा
जहिले तिम्रै सपनामा हुन्छन् यी आँखा
तिमीलाई सम्झी हाँस्ने प्रयास गर्दा गर्दै
मलाई नै झुक्याएर रून्छन् यी आँखा
(३)
चुली र डाँडामा के फरक छ
कराई र भाँडामा के फरक छ
सम्झयाे कि मुटु चस्केर दुःख्छ
तिमी र काँडामा के फरक छ
(४)
तिम्रै आँखामा पस्छु भन्छ
हृदयकाे बाटाे खस्छु भन्छ
बिन्ति सम्झाएर पठाई देऊ मेराे मनलाई
मलाई छाेडेर तिमीसँगै बस्छु भन्छ
Facebook Notice for EU!
You need to login to view and post FB Comments!