✍️ राजा माबो
झापा । थाम्सुहाङ्गको आफ्नै गाऊ, ठाँऊलाई समेटेर तयार गरेको “फालेलुङ्गको डाडैमा हावा सरर” बोलको गीतको अपार सफलता पछि पुर्व पाँचथर जिल्लाकै फिदिम सहरलाई थेगोको रुपमा प्रयोग गरि माया प्रेमको बान्किहरुले सझिसझावट “पुर्वै सहर फिदिम पाचथर” बोलको गीत थाम्सुहाङ्गको हालै नेपाली मन युट्युबबाट स्टुडियो भिडियो सहित सार्वजनिक भएको हो ।
गीत संगीतमा सकृय रहेका थाम्सुहाङ्ग यो गीतबाट स्रोता दर्शकबाट मायाका साथै राम्रो प्रतिकृया पाउने आशाबादी देखिन्छन् । उक्त “पुर्वै सहर फिदिम पाचथर”बोलको गीतमा उनकै शब्द रचना साथै संगीत पनि रहेको छ ।
कृष्ण भक्त राईले भरेको एरेन्जमा उनै बिरेन्द्र थाम्सुहाङ्ग र सुनीता थेगीमको आवाज सुन्न तथा स्टुडियो भिडियोमा देख्न समेत सकिन्छ । गीतमा सुरेश राईको रेकर्डिङ, राजु कार्कीको मास्टरिङ्ग तथा मेघराज माग्रतीको क्यामेरा रहेको छभने गीतको रेकर्ड गर्ने काम स्टुडियो किङ अनामनगर काठमाण्डौबाट सम्पन्न भएको हो ।