✍️ राजा माबो

काठमाडौ । नेपाली संगीत जगतमा आफुलाई स्थापित गराएर स्रोता,दर्शकको माया बटुल्न सफल गायक पदम राईले फेरि पनि नयाँ गीतको म्युजिक भिडियो मार्फत बजारमा आएका छन्।स्रोता,दर्शकले अत्याधिक रुचाईएका राईका दर्जनौ गीतहरु एक पछि अर्को गर्दै बजारमा निरन्तर आईरहेको बेला लक डाउनको संटकलाई समेत चिर्दै “के गुलियो छ र, सखर चिनी” बोलको गीत म्युजिक भिडियो सहित केन्द्र मोसन पिक्चर युट्युब च्यानलबाट बजारमा हालै सार्वजनिक हो।

“पछि-पछि लाएर, तिम्रै नजिक आएर” बोलको राईको गीत र म्युजिक भिडियोले एक साल अघि स्रोता, दर्शकको अत्याधिक मन जित्नका साथै युट्युब ट्रेन्डिङ्गमा पर्न सफल भई बजारमा समेत तहल्का मच्चाएको थियो ।

सोही गीतको सफलतासंगै संगीत यात्रामा शिखर चुम्दै अघि बढिरहेका गायक राईले लिएर आएको उक्त “के गुलियो छ र, सखर चिनी” बोलको गीतमा डि पी खनालको शब्द रचना, शंखर थापा स्माईलको संगीत र सुमन केसीको एरेन्ज रहेको छभने उनै गायक पदम राईलाई हालका चर्चित गायीका मेलीना राईले स्वरमा साथ दिएकी छिन् । राजेश श्रेष्ठको रेकर्डिङ्ग साथै किशोर थापाको मिक्सिङ्ग, मास्टरिङ्गमा ए वान म्युजिसियन रेकर्डिङ्ग स्टुडियोबाट गीत सम्पन्न भएको हो ।गम्भीर बिष्टद्वारा निर्देशीत भिडियोमा नवराज उप्रेतीको क्यामरा भित्र हालका चर्चित मोडलहरु सरोज अधिकारी र आश्मा बिश्वकर्माको सामुहिक दमदार नृत्याभिनय देख्न सकिन्छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!