आमाझैँ सुन्दर मेरो नेपाल (कविता)

Byadmin@jhapa_bulentin

१७ श्रावण २०:२५ १७ श्रावण २०:२५ १७ श्रावण २०:२५

✍️ श्रीप्रसाद जबेगू पाँचथर

आमाझैँ सुन्दर मेरो नेपाल !
तिम्रो शालीनतमा टेक्नेहरुले
भनेका थिए, घोषणापत्रमा
आफ्ना प्रतिवद्धतामा
कि, मलाइ लालीगुराँसको बिउ दिनू
फूलहरुको प्रतिनिधि भएर फुल्नेछु
त्यो कोशेढुङ्गाले समस्तमा
हट्दै बेरोजगारी समस्या
आउनेछ समृद्धि
शिक्षा स्वास्थ्यमा एउटै
मजदुर, किसान सुकुम्बासीको
आत्मसम्मान एउटै
भएर फूलझैं उनिनेछन् विचित्र
धनी, गरिबहरु समानताको मालाभित्र

मेचीकाली ठाडो,
लिम्पियाधुरा, कालापानी
लिपुलेक कोतर्दै
१८८० किलोमीटर
सिमानामा दाह्रा गाड्दै
हरेर तिम्रो स्वरुप र आकृति
हुँडारको लुछाइ छ स्वाधिनतामाथि
जनगणका फूलबिउ पाउनेहरु
नतमस्तक भई बस्याछन् टुलुटुलु

छाडेर परिवार बिदेसिएका युवाहरु
बन्द बाकसबाट फर्किन्छन्
हृदयविदारक आफन्तका आर्तनादहरु
लास थाप्दा व्यक्तिन्छन्
हे मेरो देश !
फलेका अन्न तिम्रा छातीमा
खान्थे अरुदेशले पनि हिजो
ध्वस्त मौलिक खेतीपछि
बाँच्नुपर्ने आयातको भरमा आज
तिमीसँग, छन अपार वैभबहरु
खप्तड, पाथिभरा, लुम्बिनी जस्ता
तैपनि बनाए भिखमङगाको देश
केवल दुःस्वप्नाहरुले सर्वथा
यसरी लपेटिरहेको देख्दा

अनि,
जनास्थाका रैथाने पहिचानहरु
वर्गीय समानताकै लागि समर्पित
घाइतेजन र अपाङ्ग मनहरु
तिम्रो हविगत देखेर
के भन्दै होलान् भनी सम्झिन्छु
दाह्रा किट्दै,सहिदको सपना पूरा गर्ने
सफतसहित श्रदाञ्जली अर्पण गर्छु ।

धन्यवाद !

(जबेगू पुर्व स्थानीय बिकास मन्त्री हुनुहुन्थ्यो । उहाँको “लिम्बुवान: लिम्बु कि लिम्बुवानवासीको?”,”साप्थवा” कृति प्रकाशित छन्।)

Facebook Notice for EU! You need to login to view and post FB Comments!