✍️ राजा माबो।
झापा । ताप्लेजुङ्गको इखाबुमा जन्मिएकी साहित्यकार जानू काम्बाङ्ग लिम्बु हाल बेलायतलाई कार्मभुमी बनाउदै नेपाली कला,साहित्य संगीतमा निरन्तर कलम चलाउदै आएकी एक ससक्त महिला हस्ताक्षर हुन । हालै मात्र लिम्बुको प्रस्तुतिमा “जुन जस्तो तिम्रो मुहार” बोलको गीत हाम्रै सेरोफेर युट्युब च्यानल मार्फत बजारमा सार्बजनिक भएको छ ।
दशकौ देखि कथा, कविता, नाटक, निबन्ध, स्मरण, गीत आदि जस्ता साहित्यको बिधामा कलम निरन्तर चलाएर नेपाली कला, साहित्य र संगीतमा योगदान पुर्याउदै आएकी लिम्बुको आधा दर्जन बाढि प्रकासित कृति रहेको साथै केही कृति प्रकासनको तयारीमा समेत रहेका छन् ।
“जुन जस्तो तिम्रो मुहार” बोलको गीत पहिलेनै सार्वजनिक हुन पर्नेमा लक डाउनको कारण ढिला हुन गएको लिम्बुले बताएकि छिन् । उक्त गीतमा ससक्त शब्द रचना लिम्बुकै रहेको छ भने सुमन राईको संगीत र राजु कार्कीको एरेन्ज रहेको छ । गीतमा प्रथम नेपाली तारा दिपक लिम्बु र जुनु राईको दमदार आवाज रहेको छ । आफ्नो सयौ गीतहरु भन्दा यो गीत अलि पृथक र माया प्रेमका बान्किहरुले शृगारयुक्त भएकोले गीतले स्रोता दर्शकको मन जित्न सफल भई राम्रै मायाका साथै प्रतिकृया पाउने आसा राखेको लिम्बुले बताएकि छिन् ।