झापा । बुद्वशान्ती वार्ड नं. ४ र ७ को युवाहरु एकीकृत हुँदै “गाइच फोर_सेभेन” समूह संगठित भएर पछिल्लो समयमा यस क्षेत्रका सामाजिक विकृति, कुरिती, कुसंस्कारको विरुद्धमा आवाज उठाउदै आएका यस समुहले लागू औषध दुर्व्यसन विरुद्ध आवाज उठाउन बाइक र्याली गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नको निमित्त जनचेतनामूलक कार्यक्रम संचालन गर्ने यस समुहको सचीवले जानकारी दिनु भयो ।
सो बाइक र्याली बुद्वशान्ती ७ मोदिडाँडाबाट मिति २०७७ साउन १७ गते शानिबारको दिन ठिक ११ बजे देखि सुरु भएर यसै क्षेत्रका पर्यटकीय स्थल जरेवर हुँदै, धारागोला भ्युटावर, जोगिडाडाँ, बर्ने, डाडागाउँ, कामीटार, कालीखोला, झोडा, आइतबारे, हापिनचोक हुँदै मोदिडाँडामा आएर कोणसभा गरिने कुरा सचीव विवेक कुलुङ्ग राईले बताउनु भयो ।
पछिल्लो समयमा पर्यटकीय स्थल जरेवर र भ्युटावर क्षेत्रमा अन्तरिक पर्यटकहरुको भीड लाग्नुको साथै यस क्षेत्रलाई लागू औषध प्रयोग गर्ने तथा बेचबिखन गर्ने स्थानको रुपमा लिने क्रम बढेपछि स्थानीय सरकारको ध्यानाकर्षण गराइ त्यस्तो गतिविधि निषेधित गर्नको निमित्त पहल गर्ने उद्देश्य सहित “लागू औषध सेवन, लियो अमुल्य ज्यान” भन्ने नारा बोकी यो र्याली आयोजना गरेको यसै समुहको अध्यक्ष पुरन राईले अवगत गराउनु भयो ।
यस कार्यक्रममा स्थानीय युवा, शिक्षक, बुद्विजिवी, पत्रकार, विभिन्न राजनीति दलका नेताहरु र बुद्वशान्ती ४ र ७ का वडा अध्यक्ष समेतको सहभागिता रहनेछ ।