सुकुम्बासी, देश र राष्टीयता (कविता)

Byadmin@jhapa_bulentin

१५ श्रावण ११:४८ १५ श्रावण ११:४८ १५ श्रावण ११:४८

✍️ दावा दोर्जे लामा

एकाध रहरले बनेका होलान।
एकाध कहरले बनेका होलान।
कोही कोही त सहरले बनेका होलान।
कोही खोला,पानी,बाटो,माटो पैरो जसरी पनि बनेका होलान।
हाम्रा दाजु-भाईहरु एउटा युगमा सुकुम्बासी!!
जो जसरी बने पनि सुकुम्बासी सुकुम्बासी नै हुन।

देश सबैको बराबर हो।
राष्टीयता सबैको गौरब हो।
के भूमिहीन भएर राष्टीयता बचाउन सकिन्छ?
सुकुम्बासीहरु सग सबै कुरा हुन्छ देश हुदैन रे
राष्टीयता हुन्छ राष्ट हुदैन रे।
पानी चल्छ,जवानी चल्छ।
भोट चल्छ ,नोट चल्छ।
तर खै कीन?
सधै-सधै सुकुम्बासी..! भनेर खोट चल्छ रे।
सधै खोट लगाएर सुकुम्बासीको ब्यापार गर्ने हो भने
भोट र नोट नचलाउ।
तिनको पानी र जवानी नबेच।
हे सरकार.!
की त सुकुम्बासीहरु नेपाली हैनन भन।
सक्छौ मान्छे नै हैनन भन
हैन सुकुम्बासीहरु मेरा नागरिक नै हैनन भन !
नत्र यो खाली-खाली दुनियामा अली कती राष्ट देऊ।
मागेर हेर
तिमीलाई राष्टीयता दिन्छन्।
रगतको खोला दिन्छन्
जवानीको पहेली दिन्छन्
सबै सबै कुरा दिन्छन्।
हाम्रा दाजु-भाई सुकुम्बासीहरु।
सरकार तिमीले।
अव त केही गर।
बास्तबिक पहिचान गर।
भूमिहीनलाई भुमी देऊ
अलीकती जमीन देऊ।
सुकुम्बासी समास्या समाधान गर।
राष्ट त बचाएका नै छन्।
राष्टीयता सधै बचाउने छन्।
तिमीलाई तिम्रै पालामा समृदि दिन्छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!