Cropped rear view of a walking young who loses the phone falling on the sidewalk street in the city

झापा । मोबाईल हराएपछि नभेटाउने र नदिने प्रवृति बढेपछि प्राधिकरणले नै नयाँ सुविधा उपलब्ध गराएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल ट्रयाकिङ सेवा सर्वसाधारणका लागि उपलब्ध गराएको छ।

आफूले चलाइरहेको कुनै पनि मोबाइल फोनको रिपोर्ट गर्न सकिने यस्तो प्रविधिबाट हराएको फोन यति कसैले प्रयोग गरेको भए सहजै पत्ता लाग्ने सुविधा थपेको छ । फोन हराउँदा कसैले पाएको खण्डमा नदिने र कहिले पनि नभेटाउने मानसिकता बनाएका सेवाग्राहीहरुले अब त्यसको चिन्ता गर्नुपर्ने अवस्था हटेको छ ।

विश्वको जुनसुकै देशमा बनेको फोन भएपनि नेपाल ल्याएर त्यसमा सिम हालेर एकपटक चलाएपछि उक्त फोनको रेकर्ड टेलिकम कम्पनीहरु तथा प्राधिकरणमा तथ्यांक हुने र सोही आधारमा ट्रयाकिङ गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ।

“कसैले मोवाईल फोनसेट भेट्टाउनु भएको छ भने तुरुन्त जसको फोनसेट हो सोही व्यक्तिलाई वा नजिकको नेपाल प्रहरीको कार्यालयमा वा प्राधिकरणमा जानकारी गराई फिर्ता गर्न सक्नु हुनेछ ।”

तर “यदि कसैले त्यस्तो भेट्टाएको फोन सेट संबन्धित व्यक्तिलाई नदिई अन्य व्यक्तिलाई बिक्रि गरेको वा कसैले खरिद गरेको पाईएमा सहजै मोबाइल ट्रयाकिङ गर्न सकिने भएकोले कानुन बमोजिम कानुनी कारवाही हुन्छ” प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सचेत गराएको छ।
यदि कुनै पनि प्रयोगकर्ताको फोनसेट हराएपछि उसले प्राधिकरणको सिस्टममा रिपोर्ट गरेपछि उक्त फोनको ट्रयाक हुन्छ। त्यसरी सहजै भेटिने छ । https://eir.nta.gov.np/main/individual/track मा गएर फोन हराएका व्यक्तीले निवेदन दिनसक्ने छन् ।

स्रोत: न्युज ब्युरो नेपाल

Facebook Notice for EU! You need to login to view and post FB Comments!