झापा । बिर्तामोडमा केन्द्रिय कार्यलय भएको “नेशनल मोर्डन एग्रीकल्चर नेपाल कम्पनीले ३ दिन देखि झापा जिल्लाभर रहेको ब्रान्स आफिसका ब्रान्स म्यानेजरको रोहवरमा आफ्ना कृषकहरुलाई “आफ्नो गाउँ हरियाली बनाउ” भन्ने नारा सहित निशुल्क टिक, मसला, सरिफा, आँप प्रजातिको फलफूल र बोटबिरुवा वितरण गरि रहेको सो संस्थाको म्यानेजर प्रेमसगर घिमिरे बताउनु हुन्छ ।

बार्षिक योजना अन्तर्गत वितरण गरि रहेको टिक, मसला, सरिफा, आँप प्रजातिको फलफूल र बोटबिरुवा प्रत्येक कृषकहरुलाई १५ वटाको दरले प्रदान गरि रहेको यसै संस्थामा आबद्ध कृषि प्रविधिक राजेश बिसि भन्नू हुन्छ ।

यस संस्थाका संचालक समितिको अध्यक्ष धनपती आचार्य भन्नू हुन्छ, अझै हामीसँग टिक, मसलाका बिरुवा करिब २० हजार होला, यदि कोहि इच्छुक कृषकहरुले “आफ्नो गाउँ हरियाली बनाउ” भन्ने हाम्रो अभियानलाई मनन गरेर बिरुवा माग गरे, हाम्रो संस्थाले घरमै निशुल्क बिरुवा उपलब्ध गराउने थियो ।

यस नेशनल मोडर्न एग्रीकल्चर नेपाल कम्पनीले विगत १ बर्ष देखी कृषकहरुको हितमा काम गर्दै कृषकहरुको जिवनस्तर उकास्नको निमित्त आर्थिक पक्ष सबल बनाउन अनेकौं कार्यहरु गर्दै आएको छ । निकट भविष्यमा नेपालभर यस संस्थाको ब्रान्स खोलिने योजना रहेको यस संस्थाका बजार व्यवस्थापक राजकुमार केरुङ्ग सुनाउनु हुन्छ ।