✍️ नितेश शाह
झापा । हल्दिबारी गापा मा विपि कोइरालाको ३८ सौ स्मृति दिवसको उपलक्ष्यमा त्यस ठाउँमा रहनु भएको ज्येष्ठ नागरिकहरुलाइ सम्मान गरिएको थियो । हल्दिबारी वडा न. २ को काजली स्थित राष्ट्रिय एकता बिद्यालयमा ८० बर्ष नाघ्नु हुने ३७ जना वृद्ध आमा-बुबाहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रम नेपाली कांग्रेसका हल्दिबारी गापा सभापती दिलिप कुमार माबोको अध्यक्षता भएको थियोभने प्रमुख अतिथिको रुपमा प्रदेशसभा सांसद माननीय ॐ सारावगी, बिशिस्ट अतिथि क्षेत्रीय सभापती गणेश पोख्रेल लगायत सहसभापती नवीन बिमली, जिल्ला सल्लाहकार भुपाल बस्नेत, जिल्ला सदस्य बिजय रिजाल, क्षेत्रीय सदस्य महेन्द्र ठाकुर, महाधिबेशन प्रतिनिधि बडराम हेमरम, पुस्तक नेपाल, बिद्यार्थी नेता पारस तिम्सिना लगायत दर्जनौ माथिल्लो तहका नेताहरुको उपस्थिति सहित आम कार्यकर्ता भेला गरि कार्यक्रम सम्पन्न भएको थियो।
स्वतन्त्र सेनानी अमृत बहादुर आङ्गदम्बे र ठाकुर प्रसाद शाह लगायत ३७ जना सम्मानित हुनु भएको उक्त कार्यक्रममा वृद्व अवस्थामा आएर गरेको सम्मानको कार्यक्रमले पार्टी प्रती गहिरो आस्था, उच्च मनोबल विकास हुने ठहर गर्दै ज्येष्ठ नागरिक ठाकुर प्रसाद शाहले झापा बुलेटिनको प्रतिनिधिलाई खुशीको हाँसो हाँस्दै सुनाउनु भयो ।