काठमाडौ । कुनै समयको चर्चित गीत खोटाङ हलेसी को परिचित गायिका पर्वती राई र चर्चित गायक तथा संगीतकार बिनोद खम्बु युगल स्वरमा पुर्वेली आधुनिक लोक गीत “सिन्की आचार” बोल गीत गायिका पर्वती राईको आफ्नै ‘पर्वती राई’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

एकदमै मीठो गीत रहेको “सिन्की आचार” गीतको शब्द पेशल राईले लेख्नु भएको थियोभने यस गीतको कम्पोज तथा संगीत गायक बिनोद खम्बुले गर्नु भएको हो साथै यस गीतको एरेन्ज उदयराज पौडेलले गर्नु भएको थियो ।

लकडाउनको समयमा छिटपुट रिकार्डिङ्ग भइ रहेको बेलामा यो गीतले राम्रै चर्चा कमाउनेछभन्ने कुरामा विश्वस्त रहेको यस गीतको संगीतकार बिनोद खम्बु बताउनु हुन्छ । यस गीतमा स्टुडियो भित्र नै गायक र गायिकाले लिप्सिङ्ग अभिनयमा मस्त रहेको देख्न सकिन्छ ।