✍️ रोशन भट्टराई
झापा । बुद्धशान्ति गाउँपालिका स्थित बुधबारे पहाडी चौकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण रोकथामको लागी पूर्ण रुपमा लकडाउन नखुलेकोले यस अवस्थामा सबैतर्फ रगतको अभाव भइरहेको छ । यस अभावलाई पूर्ति गर्न बुद्धशान्तिका स्थानीय युवा क्लब “बुधबारे युनिटि” ले रक्तदान कार्यक्रम गरेको हो । बजार भित्र भएको कार्यक्रममा पुरुष र महिला गरि ६८ जनाले रक्तदान गरेका छन् । रत्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोग रहेको संस्थाका सचिव अरुन सेन्चुरीले जानकारी दिए ।
रक्तदान जीवन दान भन्ने मुल नाराको साथ यस बिषम परिस्थितिमा सरकारको मापदण्ड अनुसार सामाजिक दुरी कायम तथा मास्क र सेनेटाइजरको उचित प्रयोग गरी कार्यक्रम गरिएको संस्थाका अध्यक्ष समिर श्रेष्ठले जानकारी दिए ।
स्थानीय युवाहरु एक जुट भएर विभिन्न समाजिक कार्यमा सक्रिय भए मात्र देशले विकासका गतिमा अघि बढ्ने बताउँदै आगामी दिनमा यस्ता कार्यक्रम थप गर्दै जाने संस्थाका सचिव सेन्चुरीले बताएका छन् ।