सुकुम्बासी (कविता)

Byadmin@jhapa_bulentin

१ श्रावण १६:१८ १ श्रावण १६:१८ १ श्रावण १६:१८

✍️ वाङजु सरकार

यही माटोमा
पसिनाको कुलो बगाएर
उब्जाएको हुन अन्नहरु मैले

यही माटोमा
खियाएको नाङ्ग्राको गन्ध म सुघ्न सक्छु
हेर यि घरहरुको छाना
मेरै छालाले छाएको महसुस हुन्छ
मलाई यही माटो सँग प्रेम छ

सरकार
म कसरी सुकुम्बासी भए ?
बालुवाटारको जग्गा
अर्कैको नाममा बेच्न सक्ने तिम्रा कानुन
सरकारी जग्गाहरु प्लटिङ गरेर बेच्न सक्ने तिम्रो सत्ता
मैले सालौ देखी
फाडेर कासको घारीहरु
पसिनाको कुलो तेर्स्याएर बनाएको उर्बर जमिन
मैले मेरो दावी गर्न नसक्नु ??

आउछन चुनाबहरु
ल्याउछन सपनाको पोकोहरु
र सुनाउछन सुकुम्बासी समस्याको समाधानहरु
चुनाव सकिए संगै
सकिन्छन त्यो बस्ती सम्म आउने पैतालाहरु
बित्यो दशकौ बसन्तहरु
तर कहिल्यै आएन सकुम्बासीको खुशी हरु

कानुनको धाराहरु
कागजमा मात्रै सिमित रहेको छ
जसरी चुनावमा बाड्ने घोषण पत्र
पार्टी कार्यालयमा अलपत्र भेटिन्छ
म सुकुम्बासी
न्यायको लागि कहाँ जम
जहाँ आफ्नै देशको सिमाना रक्षा गर्न नसकिएको सरकार छ

समाप्त

Facebook Notice for EU! You need to login to view and post FB Comments!