झापा । पुर्वेली लोकभाकामा एकदमै मीठो स्वरको धनी गायिका सशी किराती र गायक कृष्ण भक्त राईको युगल स्वरमा “धानै झुल्यो लह लह बोलको गीत एस.के. इन्टरट्रेमेन्ट युट्युब च्यानल मार्फत आज सार्वजनिक भएको छ ।
गायिका सशी किरातीको शब्द संगीत रहेको पुर्वली लोक गीत “धानै झुल्यो लह लह” गीतको एरेन्ज यसै गीतको गायक कृष्ण भक्त राईले गर्नु भएको हो । यस गीतको रेकर्डिङ स्टुडियो किङ काठमाण्डौमा रेकडिस्ट सुरेश राई र प्रकाश अधिकारीले गर्नु भएको थियो साथै गीतको मिक्सिङ्ग राजु कार्कीले गर्नु भएको थियोभने यश गीतको म्युजिक भिडियो बुज्ज क्रिएक्सनले पुर्वी सुनसरी जिल्ला इटहरीतिर छायांकन गरि तयार बनाएको हो ।
यस गीतको शब्द, संगीत, स्वरले मोहित बनेका पुर्वेली लोकभाकाको पारखी सन्तोस लिम्बुले बताउनु हुन्छ, गीत एकदमै पुर्ण बनेको छ, जति पटक सुने पनि सुनी रहुँ जस्तो लाग्ने, शब्दहरु प्रेमिल भए पनि भिडियोमा देखाएको खोलानाला, धनबारीहरुले पुर्वेली जनजीवनलाई चित्रण गर्ने राम्रो प्रयास गरेको छ, समग्रमा भन्ने होभने गीत एकदमै उत्कृष्ट बनेको कुरा झापा बुलेटिनको प्रतिनिधिलाई सुनाउनु हुन्छ ।
भिडियोको लागि👇️