ऐजेन्सी । ‘राइड सेयरिङ’ कम्पनी पठाओका सह–संस्थापक फहिम सलेहको अमेरिकामा हत्या भएको छ।
न्युयोर्कस्थित एक अपार्टमेन्टमा उनको शरीर टुक्रा–टुक्रा पारी छरिएको अवस्थामा फेला परेको हो । बंगलादेशी आप्रवासी सलेहको कम्पनी गोकाडाले उनको मृत्युको पुष्टि गरेको छ ।

सोमबार उनी मास्क लगाएका एक व्यक्तिसँग आफ्नो अपार्टमेन्टमा प्रवेश गरेको सीसीटीभी फुटेज प्राप्त भएको न्युयोर्क प्रहरीले जनाएको छ। उनको शरीरका टुक्रा रहेको स्थाननजिकै विद्युतीय इलेक्ट्रि स (काट्ने मेसिन) समेत फेला परेको छ। उनको सोमबार नै हत्या भएको हुनसक्ने अनुमान गरिएको छ। सलेहले स्थापना गरेका राइडिङ सेयर कम्पनी पठाओ बंगलादेश र नेपाललगायत देशमा निकै प्रख्यात छ। उनले सन् २०१५ मा यो कम्पनी खोलका थिए।

Facebook Notice for EU! You need to login to view and post FB Comments!