✍️ रोशन भट्टराई
झापा । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरलले आज एक कार्यक्रमका बिच माक्स नलगाई घर बाहिर निस्किएको देखा परेमा कानुनी कार्वाही समेत हुन सक्ने चेतावनी दिएका छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधबारेको बालुवाटार चौकमा गरिएको एक कार्यक्रममा बोल्दै सम्पूर्णलाई माक्सको अनिवार्य प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।
मास्क नलगाई आएका तथा राजमार्गमा मास्क नलगाई सवारी चलाईरहेका केहीलाई रोकेर केही समय गोलो सर्कलमा उभ्याई मास्कको प्रयोगका बारेमा जानकारी समेत गराइएको कार्यक्रममा निशुल्क मास्क तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने दबाई समेत वितरण गरिएको थियो ।
कार्यक्रमको सहआयोजक समेत रहेको बुधबारे जेसिजले निशुल्क रुपमा उपलब्ध गराएको मास्क र सहआयोजककै रुपमा रहेको जोइन्ट हेन्ड युथ सोसाईटीले उपलब्ध गराएको रोग प्रतिरोधात्मक दबाइ करिब ३०० परिवारलाई वितरण हुने गरि निशुल्क उपलब्ध गराएको जेइन्ट हेन्डका अध्यक्ष संजिल प्रसाईले बताए ।
त्यस्तै कार्यक्रमका सभाध्यक्ष समेत रहेका बुद्धशान्ति गाउँपालिकाका प्रशासनिक अधिकृत मदन कँडेलले पनि सम्पूर्ण बुद्धशान्तिबासी लगायत गाउँपालिकाका सेवा लिन आउने सम्पूर्णमा अनिवार्य मास्क लगाउन अनुरोध गरेका छन् । आफ्नो धारणा व्यक्त गर्दै कोरोना भाइरसबाट बच्न मात्र नभएर अन्य विभिन्न रोगलाग्नबाट समेत मास्कले रक्षा गर्न सक्ने बताउँदै मास्कको धेरै महत्व रहेको अधिकृत कँडेलले बताए ।
सामुदायिक प्रहरी सेवा केन्द्र बुधबारेका महासचिव पूर्ण संजेलले संचालन गरको कार्यक्रममाउपस्थित सम्पूर्ण अतिथिलाई संचारकर्मी अनिल वाग्लेले शाब्दिक स्वागत गरेका थिए ।