झापा । प्रदेश नम्बर १ सामाजिक बिकाश मन्त्रालय अन्तर्गत गठित “भाषा, कला, साहित्य, संस्कृति सम्मान तथा पुरस्कार छनौट समिति” को बैठकले गरेको सिफारिस अनुसार यस बर्षको “भाषा, कला, साहित्य, संस्कृति सम्मान” शिर्षकमा डाक्टर नोवल किशोर राई (इलाम), माया पौडेल (बिराटनगर), वीरध्वज शिवा (पथरी), अनुराधा सिं थापा (बिराटनगर), केशब रायमाझी (बिराटनगर), कविता नेपाल (झापा), प्रेम ओझा (पाँचथर), मुनाराज शेर्मा (झापा), उमानाथ घिमिरे (धनकुटा), डि वि किराँती (सोलुखुम्बु), कविराज पोखरेल (बिराटनगर), पंच कुमारी परियार (खोटाङ), शिवनारायण पंडित (सुनसरी) सहित १३ जना विभिन्न क्षेत्रका व्यक्तिहरु भाषा, कला, साहित्य, संस्कृति सम्मान पुरस्कारबाट सम्मानित हुदैछन ।
उक्त सम्मानित व्यक्तिहरुको छनौट “भाषा, कला, साहित्य, संस्कृति सम्मान तथा पुरस्कार छनौट समिति” ले तय गरेको हो । सो समितिको संयोजक खेम नेपाली र सदस्यहरुमा बिमल बैद्य, मधु पोखरेल, सरला चापागाईं, सुमित्रा बाङ्देल चेली, रामबाबु दाहाल, राजेश थापा हुनुहुन्थ्यो ।
यस सम्मान समारोह कार्यक्रम मिति २०७७ साल असार २९ गते अपरान्ह २.०० बजे गुरूकुल, हाटखोला बिराटनगरमा हुने साथै उक्त सम्मान कार्यक्रममा हरेक सम्मानित व्यक्तिहरुलाई नगद रु ५० हजार सहित सम्मान-पत्र प्रदान गरिने जानकारी सामाजिक विकास मन्त्रालयको सचिवले दिनु भयो ।