झापा बुलेटिन । सुनसरीको धरान १४ तल्लो हात्तीसारमा मंगलबार बिहान धरान १ मा बस्ने ४१ बर्षिय जितेन राई मृत फेला परेका छन् । उनको शव घोप्टो परेको अवस्थामा भेटिएको छ ।
इलाम घर भएका राई विगत १८ वर्ष देखि धरान १ स्थित ससुरालीमा परिवार सहित बस्दै आएका थिए । उनी काठको मिस्त्री हुन । मृतकको मुखबाट रगत आएको तर शरिरमा भने कुनैपनि घाउ चोट नदेखिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन । मृतक राईको १७ र ५ वर्षिय दुई छोरा रहेका छन । सोही घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!