झापा । नेपाल सरकारले लोपोन्मुख लेप्चा जातीको भत्ता कटौती गरेको छ । ५ बर्ष मुनिका बालबालिकाले खाईपाई आएको भत्ता २०७६ चैत्रबाट लागू हुने गरि तेस्रो चौमासिक भत्ता कटौती गरेको हो । प्रति महिना ३ हजार भत्ता थाप्दै आएका बालबालिकाले अब ४ सयमात्र पाउने भएका छन् । चैत्रबाट प्रति महिना २६ सयले कटौती भएको छ ।

लेप्चा जातीको बाहुल्यता रहेको राेङ गाउँपालिकामा ७० जना बालबालिकाले भत्ता थाप्दै आएको प्रशासकिय अधिकृत नेत्र पोखरेलले बताए । प्रति व्यक्ति २६ सयका दरले ७० जनाको १ लाख ८२ हजार कटौती भएको अधिकृत पोखरेलको भनाई छ । त्यस्तै सुर्योदय नगरपालिकामा १२४ जना बालबालिकाले भत्ता थाप्दै आई रहेका थिए । १२४ जनाको २६ सयले कटौती हुदा ३ लाख २२ हजार ४ सय प्रति महिना भत्ता घट्ने भएको पञ्जिकरण शाखाले जनाएको छ ।

नेपालको संविधान बमोजिम आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्था रहेका एकल महिला, अपांगता भएका बालबालिका आफ्नो हेरचाह गर्न आफै नसक्ने तथा लोपोन्मुख जातीका नागरिकको सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्ने उदेश्यका साथ सामाजिक सुरक्षा ऐन २०७५ कार्यान्वयनमा आएको हो ।

उक्त ऐनको दफा १५ को खण्ड “ग” मा अन्य कुनै प्रकारले नियमित रुपले पारिश्रमिक, निवृतिभरण, अवकाश सुविधा एंव अन्य सुविधा पाईरहेका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने राष्ट्रिय परिचयपत्र पञ्जीकरण बिभागकि शाखा अधिकृत सावित्रा बस्नेतले बताईन । जसमा बिदेशी सरकारबाट नियमित रुपले निवृतिभरण प्राप्त गरिरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न नमिल्ने भनी २०७७/३/१७ गते मन्त्री परिषदको बैठकबाट निर्णय भएको अधिकृत बस्नेतले बताईन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!