✍️ विवेक गाहा
झापा : जागरणपोस्ट डटकमका दोलखा संवाददाता अभिनय कार्की लाई गाउँपालिका वडा नं २ का वडा अध्यक्ष नानी पाण्डेले ज्यान मार्ने धम्की दिएका छन् । केहि दिन अगाडी जागरणपोस्ट डटकममा कालिन्चोक गाउँपालिका २ का वडा अध्यक्ष नानी पाण्डेका छोराहरुद्वारा बिना लाईसेन्स सरकारी नम्बर प्लेटको मोटरसाइकल दुरुपयोग गरेको विषयलाई लिएर प्रकाशित समाचारलाई लिएर गाउँपालिका २ का वडा अध्यक्ष सहित उनका मान्छेले जागरणपोस्ट संवाददातालाई समाचार प्रकाशित गरेको भन्दै ज्यान मार्ने धम्की दिएका हुन् ।

जोकोहीले ड्राइभिङ्ग अनुमति पत्र(लाइसेन्स) बिना सरकारी तथा कुनै पनि गाडी चलाएमा कार्वाही गर्ने भनेर सरकारले भने पनि अहिले सम्म कुनै कार्वाहि भएको छैन । यसरी सरकारी गाडीहरु दुरुपयोग गर्दै जाने होभने भोलिका दिनमा यस्तै समाचार प्रकाशन गर्दा धम्की नआउला भन्न सकिदैन ।

देशको चौथो अङ्ग भनेर चिनिने पत्रकार नै असुरक्षित भएको महसुस हुदैछ । सत्य तथ्य बाहिर ल्याउने पत्रकारको काम कर्तव्य हो । स्वतन्त्र रुपमा समाचार सम्प्रेषण गरेर अन्याय, अत्याचार, समाजिक भाइरस विरुद्ध कलम चलाउनु पत्रकारहरुको दायित्व हो । आफ्नो कर्तव्य निर्वाह गर्दा पत्रकार माथी नै भौतिक र मानसिक आक्रमण हुन्छभने यसको जवाफदेही को बन्ने? भोलिको दिनमा पत्रकार अभिनय कार्की माथी अप्रिय दुर्घटना हुन पुग्योभने सो दुर्घटनाको जिम्मेवारी को हुने?

संवाददाता अभिनय कार्कीलाई कल गरेको रेकर्ड अनुसार ९८४१५००१७, ९८४४३०८९२४, ९८४४१८४१४२ नम्बरबाट भिन्न भिन्न व्यक्तीले अश्लील गाली गर्दै जे पनि गर्ने सक्ने भन्दै धम्की दिएका प्रमाण गरिएको कल रिकर्डबाट पुष्टि हुन्छ ।
भोलि बिहानसम्म उक्त समाचार नहटाएको खण्डमा वडा अध्यक्ष नानी पाण्डेले आक्रमणमा उत्रिने चेतावनी दिएका छन् । जागरणपोस्ट डटकमका संवाददातालाई दैनिकी ज्यान मार्ने धम्की आएपछि आफ्नो ज्यान रक्षा माग गर्दै ईलाका प्रहरी कार्यलय सिंगटि दोलखामा उजुरी दिएका छ्न ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!