२ लाख ५९ हजार नगदसहित जुवाडे पक्राउ

Byadmin@jhapa_bulentin

१७ असार ११:५२ १७ असार ११:५२ १७ असार ११:५२

✍️ रुषा ढकाल

कास्की । कैलालीमा ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको लम्कीबाट खटिएको प्रहरी टोलीले नगद २ लाख ५९ हजार ७ सय रुपैयाँसहित मंगलबार ७ जुवाडेलाई पक्राउ गरेको हो । पकाउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका ४ बस्ने ४३ वर्षीय दिपक भण्डारी, वर्ष २८ का प्रकाश शाही, ३२ का प्रजिन राई, ३४ का कृष्ण बिष्ट, ४० का नवल बुढा, ३९ का नरबहादुर शाही र टिकापुर नगरपालिका १ बस्ने वर्ष ३० का । प्रकाश खड्का रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले लाई जानकारी दिए । लम्की चुहा नगरपालिका ६ को चोरीपुर खोलाको किनारमा रहेको पुरानो कुखुरा खोरमा जुवा खेलिरहेको विशेष सूचनाको आधारमा क्षेत्रीय अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको उनले बताए । पकाउ परेका व्यक्तिबाट २ लाख ५९ हजार ७ रुपैयाँ र तास ३ थान कम्मल २ मोवाईल ८ थान बरामद गरि थप अनुसन्धान भइरहेको उपरीक्षक विष्टले बताए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!