झापा । ताप्लेजुङ सिरिजङघा गाउँपालिका आम्बेगुदिन साबिक वार्ड ३ बस्ने बर्ष २७ को प्रबिण राई लाई क्रिश्चियनका पास्टरहरु नर बहादुर तामाङ, डेबिट लिम्बू, देब राई, सृष्टि लिम्बुले काम गरि रहेको अवस्थामा बोलाएर चर्चमा लगि जिउमा सैतान छ भनेर मणान्त कुटपिट गरि अहिलेसम्म प्रबिण राई लाई पारिवारिक सम्पर्क बाहिर राखेको पारिवारिक स्रोतले जनाएको छ।
आफ्नो छोराको खोजी गरिदिनु अनुरोध गर्दै आम्बेगुदिन प्रहरी चौकीमा प्रबिण राइको आमाले उजुरी समेत गरेका छ्न । धर्मको नाममा अन्धविश्वास पछि लागेर जनधनको क्षति हुने गरि सामाजिक अपराध त गर्नु भएन नि? प्रविण राईको आमा क्रोधित मुद्रामा भन्नू हुन्छ ।