✍️ रजिन ढुङ्गेल

इलाम । पछिल्लो समय इलाममा कोरोना सङ्क्रमितको सङख्या बढ्न थालेसँगै स्थानीयमा त्रास बढ्न थालेको छ । हाल इलाममा कोरोना सङ्क्रितको सङ्ख्या १० पुगेको छ ।

सुर्योदय नगरपालिकाको श्री कृष्णाश्रम मा.बि.क्वारेन्टाइनमा रहेका वडा नं १० की ४० बर्षीया र वडा नं १४ की २४ बर्षीया महिलामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएपछि इलाममा सङ्क्रमित को सङ्ख्या १० पुगेको हो । गत असार १२ गते उनीहरूको स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाइएको थियो । उक्त परीक्षण पछि उनीहरूमा कोरोना पोजिटिभ देखिएको हो ।

पोजेटिभ देखिएका महिलाहरू कुबेतबाट नेपाल आएका थिए ।दुबै जनालाइ उपचारको लागि पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाउमा रहेको कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिनुभयो ।

इलाममा हालसम्म पोजेटिभ देखिएका १० जना मध्ये ओमनबाट आएका ३ जना,भारतबाट आएका ४ जना, कुबेतबाट आएका २ जना र साउदी अरबबाट आएका१ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको हो । सङ्क्रमितहरूमध्ये २ जनाले कोरोनालाइ जितेर आफ्नो घर फर्किसकेका छन् । पछिल्लो समय बिदेशबाट उद्दार गरि ल्याइएकाहरूमा कोरोना सङ्क्रमण देखिन थालेको हो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!