झापा । विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता आज असार १५ गतेबाट सुरु हुने भनिएता पनि प्रविधिक गडबडीको समस्याले गर्दा असार २५ गते देखि मात्रै सुरु गरिने यस प्रतियोगिताको संरक्षक टंक समहाम्फेले बताउनु भयो ।
सबै पक्षमा मजबुत हुदाहुदै पनि प्रविधिक समस्याको कारणले तोकिएको समयमा प्रतियोगिता संचालन गर्न सकेनौ, “यसबाट हुन गएको असर प्रती हामी आयोजक समिती क्षमाप्रार्थी छौं” भन्दै आयोजक समितिको उपसंयोजक मन्जुश्री बताउनु हुन्छ ।
विश्वव्यापी रुपमा आयोजित हुन लागेको अनलाइन हाक्पारे प्रतियोगितामा सहभागिता जनाउनु हुन्छभने यहि श्रावण २५ गतेसम्म आएको भिडियोलाई मात्रै मान्यता दिइनेछ, सहभागी बन्न चहानु हुने सम्पुर्ण लिम्बू तथा गैरलिम्बुहरुले २५ गतेभित्रमा भिडियो पठाएर यस कार्यक्रमलाई सफल बनाउन सहयोग पुराउन आग्रह गर्दै यसै हाक्पारे प्रतियोगिताको आयोजक समिती सदस्य विशाल लिम्बू भन्नू हुन्छ ।