झापा । बुद्वशान्ती ७ मोतिडाँडा स्थायी घर भएको अभिषेक राई “आबु” आफू समलिङ्गी भएको जानकारी आफ्नो अभिभावकलाई गराउँदा परिवारबाट स्वीकार गरिएको छैन । अहिले दमक साथीको घरमा बस्दै उद्वारको प्रतिक्षामा बसि रहेको छन ।

सीईई पास गरेर मेकअप अर्टिस्ट कोर्ष सिक्दै गरेकि “आबु राई” गर्व सहित आफू समलिङ्गी भएको जानकारी दिदै, मैले आफुलाई कक्षा ९ मा अध्ययन गर्दा समलिङ्गी रहेको थाहा पाएको थिएँ, जुनबेला म १६ बर्षको थिए । तर समाजले मलाई घृणित व्यवहार गर्छ भनेर म मौन बसेको थिएँ । मैले आफुलाई समलिङ्गी पुरुष हुँ भनेर परिचित गराएको अहिले २ महिना जति भयो भन्दै सन्तुष्ट मुद्रामा आबु राई सुनाउनु हुन्छ ।

मलाई थाहा छ, अहिले पनि म जन्मिएको समाजले मलाई स्वीकार गर्दैन, ममाथि विभेद गर्नेछ, मलाई देखेर समाज हाँस्नेछ, घृणा गर्नेछ तर परिवारको सपोर्ट पाएँभने म समलिङ्गी प्रति लिएको समाजको हरेक कुसंस्कार, कुविचारको प्रतिकार गर्दै कानुनी उपचारको सहयोग लिदै म अगाडि बढ्ने थिएँ, गहभरी आँसु बनाएर आफ्नो पीडा राख्नु हुन्छ ।

कोहि मान्छेलाई समलिङ्गी बन्ने रहर हुदैन । समलिङ्गी बन्नुमा विविध वैज्ञानिक कारणहरु छन । यो कुरा हाम्रो समाजले थाहा पाएर पनि किन बुझ्ने कोसिस गर्दैन, के समलिङ्गीहरुलाई समाजमा मान सम्मान सहित बाँच्ने अधिकार छैन? अहिले न्याय दिने ठाउँ ठाउँमा स्थानीय सरकार छ, किन समलिङ्गीको बारेमा राज्यले चेतनामूलक कार्यक्रम गरेर हामी जस्तो समलिङ्गीहरुलाई मान सम्मान सहित समाजिक प्राणी बनाएर किन राखिन्दैन? क्रोधित मुद्रामा आबु राईले मनको आवेग पोख्नु हुन्छ ।

एउटै आशा छ “अभिभावक” ले मलाई स्वीकार गर्नु हुन्छ । मलाई बुझ्नु हुन्छ, म पनि समलिङ्गी भएर अरु सन्तानले झै आफ्नो कर्तव्य पूरा गर्नेछु । किन कि यहाँ म मात्रै होइन, म जस्तो, देखिएको अरु पनि ७ लाख हुनुहुन्छ । उहाँहरुको परिवारले स्वीकार गरि सक्नु भएको छ । किन कि म पनि मेरो अभिभावकको रगत हुँ । फेरि ममा आएको समस्या कतिपय पुर्खाहरुबाट वंशाणुगत भएर आएको देखिन्छ, जो ममा देखिएको छ । समलिङ्गी बन्नु मेरो रहरले होइन, बाध्यता सिर्जित भएको हुँ । सम्पुर्णमा मेरो अनुरोध🙏 म लगायत म जस्तो समलिङ्गीहरुलाई सम्मान सहित समाजमा रहने सानो ठाउँ दिनु होला ।

अभिषेक राई “आबु”
Facebook Notice for EU! You need to login to view and post FB Comments!