झापा । लिम्बू भाषा, संस्कृति बचाउ, उत्थान र विकासको निम्ति उद्देश्य लिई विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता यहि असार महिनाको १५ गते देखि सुरु हुदैछ ।
यसै हाक्पारे प्रतियोगिताको आयोजक समितिको उपसंयोजक मन्जुश्री बताउनु हुन्छ, “यस प्रतियोगितामा जुन सुकै समुदायहरुले भाग लिन सक्नु हुनेछ तर प्रतियोगीहरुले ५ देखि १० मिनेटसम्मको भिडियो, विशुद्ध लिम्बु भाषामा हुनु पर्ने नियम छ, यो प्रतियोगिता करिब ३ महिनासम्म चल्नेछ, अरु थप नियमहरु बारेमा बुझ्नु छभने हामीले प्रकाशित गरेको अघिल्लो पोस्टहरुमा हेर्न सक्नु हुनेछ वा संरक्षक टंक सम्बाहाङफे, संयोजक इक्साहाङ चेम्जोङ र उपसंयोजक मन्जु इवारमसँग सम्पर्क गरेर बुझ्न सक्नु हुनेछ” ।
विश्वव्यापी रुपमा अनलाइनको माध्यमद्वारा आयोजना गरिने यस प्रतियोगितामा ईच्छुक कोहि-कसैले, कसैको स्मृतिमा आर्थिक सहयोग वा तोकिएको प्रथम, द्वितीय, तृतीय पुरस्कार प्रदान गर्नु चहानु हुन्छभने भाइबर, वाट्सएप नम्बर +85255330119 मा सम्पर्क गरेर उक्त पुरस्कार प्रदान गर्नु सक्नु हुनेछ भन्दै यस प्रतियोगिताको संरक्षक टंक सम्बाहाम्फेले जानकारी दिनु भयो ।
यस विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता सफल बनाउनको निमित्त कम्मर कसेर देश विदेशमा बसि आ-आफ्नो काम-कर्तव्य बाँडफाँड गर्ने क्रममा संरक्षकको जिम्मेवारी टंक सम्बाहाम्फेले लिनु भएको छभने टंक सेलिङ, मधु केरुङ, सागर केरुङ, अमित याक्थुम्बा, गणेश केरुङ र संगम सुहाङले संरक्षक सदस्य रहनु भएको छ । त्यस्तै सल्लाहकार समितिमा येहाङ लावती, भगत सुब्बा, धमेन्द्र नेम्वाङ, अमर तुम्बाहाङ, हाङयुग अज्ञात, रुपलाल खाम्धाक, अर्जुन माबोहाङ, श्री जबेगु, लेछामी शेर्मा र गोविन्द तुम्बाहाङ भुमिका निर्वाह गर्नु भएको छ ।
साथै यस हाक्पारे प्रतियोगितालाई मर्यादित ढङ्गले प्रस्तुत गर्न एक कार्य समिती पनि बनेको छ, जुन कार्य समितिको संयोजकमा इक्साहाङ चेम्जोङ, सहसंयोजकमा मन्जु इवारम र सदस्यहरुमा पुष्पहाङ लोवा, सुमन सहयात्री योङहाङ, बसन्ती लिम्बु, रोहित आङ्बो, विशाल साँवा, इन्दिरा नेम्बाङ, याक्थुङबा सुनिल आङ्वो, मोहन सेर्मा, सुजन सेरेङ, लक्ष्मीहाङ चेम्जोङ, सुमी लाबुङ, शनि लिम्बू र निरन्तरता नेम्वाङ रहनु भएको छ । त्यस्तै यासेली योङहाङ र झुमा लिम्बुले निर्णायकको कर्तव्य निर्वाह गर्दै हुनुहुन्छ ।
यस “हाक्पारे प्रतियोगिता” लाई विश्वव्यापी रुपमा समाचार सम्प्रेषण गर्ने काम (मिडिया पार्टनर) को जिम्मा झापा बुलेटिन, समय, सजिलो न्युज र साइनो खबर अनलाइन न्यूज पोर्टलहरुले लिएको छ ।