बुद्वशान्ती । कोरोना भाइरसले निम्ताएको लकडाउनको कारणले घरमै थुनिएर बसेको बुद्वशान्ती वासिन्दाहरुको दुख, पीडा, समस्याहरुलाई केन्द्रित गर्दै ढुङ्गेल किराना पसलले “दैलो दोकान” नाम दिई माग गरिएको खाद्य सामाग्री होलसेल मुल्यमा घरमै उपलब्ध गराउदै आएको छ ।

हालमा बुद्वशान्ती गाउँपालिका भरी आफ्नो कार्यक्षेत्र बनाएर, यस गाउँपालिकाको सम्पुर्ण बासिन्दाहरुलाई यो लकडाउनमा कालोबजारी हुने सम्भावना ज्यादा भएकोले सो कालोबजारीबाट जोगिन मद्दत पुगेको र हाम्रो यो सेवा सुविधाबाट राष्ट्रले गरेको लकडाउनलाई व्यवहारिक रुपमा जनताहरुबाट पालना गरेको ठोकुवा गर्दै ढुङ्गेल किराना पसलको संचालक भन्नुहुन्छ ।

विगत तीन महिना अगाडी ढुङ्गेल किराना पसलले “दैलो दोकान” सेवा सुचारु गरिएको हो । यस सेवा अन्तर्गत सस्तो-सुलभ मुल्यमा चामल, ब्राण्ड, चोकर, सेलो तेल, घैला तेल, आटा, मैदा, सोयाबिन, चुरुम चिउरा, मटर, चना, फ्रुटी, मुराई, सुजि, जिरा, धनिया, मेथी, आलु, लसुन, खुल्ला चिउरा, अण्डा, मुसुरी दाल, खुकुरी चुरोट, बाबा खैनी, भोला/मौला, सखर, खोर्सानी, घिउ, आयो नुन, विविध लगायत दैनिकी दिनचर्यामा अति आवश्यक खाद्य सामाग्री उपलब्ध गराउदै आएको छ ।

यो दैलो दोकान सेवाको अत्यधिक प्रयोग गर्नु हुने बुद्वशान्ती गाउँपालिका वार्ड नंम्बर ४, ५, ६ र ७ निवासी ग्राहकहरुले खुशी हुँदै सरल, भरपर्दो र आफुलाई धेरै नै सुविधा पुगेको, धेरै ठाउँमा समान किन्नु पर्ने झन्झटबाट मुक्त भएको, आफ्नो समयको बचत भएको, सो बजार गएर ल्याउने समयमा घरको धेरै कामहरु गर्न पाएको साथै भिडभाड जानू नपर्ने हुनाले कोरोना भाइरसबाट संक्रमित हुनबाट पनि जोगिएको कुराहरु सुनाउनु हुन्छ ।

यदि यो सेवा बुद्वशान्ती बासिन्दाहरुले प्रयोग गर्न हुन्छभने रु १५ सय देखि माथी आवश्यक सामाग्री माग गर्न 9842436896 र 9852688999 नम्बरमा फोन गरेर माग गर्न सक्नु हुनेछ, बुद्वशान्ती बासिन्दाहरुले उक्त समान माग गरिएको बाह्र घण्टा भित्रमा घरमै ल्याएर हाम्रो कर्मचारी जानेछ भन्दै यस “दैलो दोकान” अभियानको परिकल्पनाकार चेतन ढुङ्गेल बताउनु हुन्छ ।

चेतन ढुङ्गेल भन्नाले बुद्वशान्ती कै एक उदाई सकेको ताराको रुपमा हेरिन्छ, उहाँ एक बहुप्रतिभाशाली युवा हुनुहुन्छ । उहाँलाई नवीन, आधुनिक, जनहित सोचको खानी भनेर सबैले सोच्दछन । उहाँ मुनामदन एकाडेमी विद्यालयको संचालक साथै प्रधानाध्यापक पनि हुनुहुन्छ ।

भिडियोको लागि👇️

Facebook Notice for EU! You need to login to view and post FB Comments!