ईलाम । देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठको घरमा रहेको बम फिष्फोट हुँदा उनका छोरा मौषम श्रेष्ठ गम्भीर घाईते भएका छन्। बिहीबार राती देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठका २५ बर्षीय छोरा मौषमले सकेट बम झिकेर खेलाउने क्रममा बिष्फोट भएको हो।
उनले खेलाउदै गरेको बम बिष्फोट हुँदा मौषमका दुवै हातका औंला चुडीएको र आँखामा पनि समस्या रहेको इलाका प्रहरी कार्यालय मंगलबारेका इन्सपेक्टर राजकिसोर शाहले जानकारी दिए।
तत्कालिन बिद्रोही माओवादी र सेना बिच स्थानीय देवि डाँडामा भिडन्त हुँदा छोडेको बम श्रेष्ठले भेटाएपछि घरमा लगेर लुकाई राखेको इन्सपेक्टर शाहले जानकारी दिए । उनलाई बम भन्ने थाहा नहुँदा घटना भएको प्रहरीले जनाएको छ।
घाईते मौषमलाई उपचारका लागि झापाको बीएण्सी अस्पताल लगिएको छ। काठमाण्डौंमा फर्निचरको काम गर्दै आएका मौषम लकडाउनका कारण घर आएको प्रहरीले जनाएको छ।