लेटाङ,। मोरङको लेटाङ नगरपालिका २ धोवीकी १६ वर्षिय एक किशोरीले छोराले मात्र आमाबाबुको काजकिरिया गर्छन भन्ने मान्यतालाई तोडदै ७ दिन अघिदेखि आफनो आमाको काजकिरिया गरिरहेकी छिन।
१६ वर्षिय रोजिना मल्ल ठकुरीले आफनो आमा मुगाकुमारी मल्लको निधन पश्चात काजकिरिया गर्दै आएकी हुन् । आफू एक्लो सन्तान भएको र छोरा नभए पनि केही फरक नपर्ने भन्दै सेतो वस्त्र लगाएर छोरा सरह कोरामा बस्दै आएकी हुन् शोकाकूल मल्ल परिवारले जनाएको छ।
२०७७ असार ३ गते आमाको निधन पछि कोरामा को बस्ने भनेर धेरै सल्लाह भयो। छोरा नभएका कारण वृद्धावस्थाका रोगी बाबुले नै गर्नुपर्छ भनेर धेरैले दबाब दिदै गर्दा आमाको काजकिरिया ससुरा बुबालाई गर्न लगाउनु भन्दा आफू नै बस्न उचित ठानेर छोरीले नै कोरामा बस्ने निर्णय गरेपछि उनले बाजकिरिया गर्दै आएकी हुन्।