दोहा : कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरु अहिले धमाधम स्वदेश फर्की रहेका छन्। आज पनि साउदी अरबको जेद्दा शहरस्थित किङ अब्दुलजिज विमानस्थलबाट २५३ जना नेपाली यात्रु बोकेर नेपाल एयरलाइन्सको न: २१९४ जहाज काठमाडौंको लागि उडेको छ।

कोरोना लगायत लामो समय देखि नेपाल फर्किनको लागि नेपाली कन्सुलेट जनरल जेद्दामा जानकारी गराइ वा फाराम भरी नेपाल फर्कन प्रतीक्षा गरेर बसेका जेद्दा र आसपास क्षेत्रमा रहेका नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको चार्टर जहाज जेद्दा पुगेको थियो। यता, आजो कोरोनाको कारण नेपाल फर्कन नपाएका श्रमिकहरु मध्ये १५४ जना नेपाली श्रमिकहरु लिएर साउदी अरबको दम्माम बाट हिमाल एयरले दोस्रो उडान गरेको छ। दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढी नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ।

रियादस्थित नेपाली दूतावास र जेद्दास्थित महावाणिज्य दूतावासबाट १० हजार भन्दा बढिले स्वदेश फर्कन पाऊ भन्दै फारम भरेका थिए। यसअघि साउदीबाट ३ वाट उडान मार्फत ४ सय नेपालीहरु स्वदेश फर्किसकेका छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!