झापा । झापा जिल्ला हल्दिबारी गाउँपालिकाले जलथल जङ्गल र आवादी सिमानाको सडकलाई द्रोणचार्य पर्यटकीय सडक राख्ने निर्णय गरेको कुरा हल्दिवारी गापा का प्रवक्ता सागर प्रोतेल ले झापा बुलेटिन लाई बताउनु भयो । जनताका लाेकप्रिय जनपक्षीय नेता पुर्ब माननीय दाेर्णचार्य क्षेत्रीको नामसंग जोडिएर झापाको सबैभन्दा ठुलो जङ्गलले फेरि एक पटक चितपरिचित हुने अवसर पाएकाे छ भने यश क्षेत्रमा क्रमश विकासकाे मुहान समेत फुट्ने सम्भावना अब बलियाे भएको छ ।
दाेर्णचार्य क्षेत्रीका समकालीन हरु अहिले राष्ट्रको बागडाेर सम्हालिरहेका छन्, याे निर्णय उचित समयमा गरेर दाेर्णचार्य क्षेत्री प्रति सम्मान प्रकट गरिदिनु भएकोमा आशा छ, झापा जिल्ला हरेक क्षेत्रमा अघि आउने जिल्लाकाे रुपमा चितपरिचित भए पनि याे ३ नम्बर क्षेत्र झापाको अरु क्षेत्र भन्दा पिछडिपरेको क्षेत्र हाे,सायद आज द्रोणचार्य भएको भए यो क्षेत्रको स्वरुप परिवर्तन हुन्थ्यो,साथै दाेर्णचार्य काे नामकरण लाई लिएर विराेध गर्ने व्यक्ति र राजनीतिक पार्टी विकास विराेधी हुन यस्ता विकास बिराेधीहरु सबैले चिन्न जरुरी छ भन्ने कुरामा सबैले आत्मा साथ अगाडि बड्नु पर्न कुरामा जोड दिने कुरा प्रवक्ता प्रोतेल ले भन्नू भएको छ ।