✍️सुमन लेप्चा वाङ्चु

झापा । हिजो अचानक मेरो ३ जना मिल्ने साथीहरुसँग भेट भयो । एकजना जैसी बाहुन साथी, एकजना क्षेत्री बाहुन साथी र एकजना कामी साथी हुनुहुन्थ्यो । मैले विभेदको बारेमा फेसबुकमा लेखेको लेख, पोस्ट हेरेको थिएछ । यो अचानक भेटमा त्यही “विभेद” नै बहसको बिषय बन्यो ।

यी ३ जना मेरो साथीहरुलाई वर्गीय, जातिय विभेदले अपमानित बनाएको छ । साथीहरु भावुक हुँदै आफु कसरी वर्गीय विभेदको सिकार हुन पुगियोभन्ने रहस्यमय पीडाहरु सुनाएको थियो । म त्यही कुरा यहाँ शेयर गर्न लाग्दैछु ।

मेरो ती तीनै जना साथीहरुको पुर्खा उपाध्याय साथै पिता पनि उपाध्याय बाहुन नै थियो तर उनीहरुको पिताहरु आफ्नो पुर्खाहरुले बोकेको वर्गीय, जातिय, लैङ्गिक विभेद चिन्तनको विरोधी थिएछ । समाजलाई चुनौती दिन एकजना साथीको पिताले जैसी महिलासँग विवाह गरेछ, त्यही उपाध्याय बाहुनबाट जन्मिएको नयाँ पुस्ताका मेरो साथी जैसी जातमा घटुवा भएछ । त्यस्तै क्षेत्री महिलासँग विवाह गर्नेको कोखबाट जन्मिएको ती मेरो साथी क्षेत्रीमा घटुवा भएको थिएछ । त्यस्तै अछुत जातीय महिला सँग विवाह गर्ने उपाध्याय बाहुनको छोरा त्यो मेरो साथी आज आफ्नो थरको पछि कामी लेखी रहेको छ ।

मैले अहिलेसम्म सोधखोजबाट नयाँ-नयाँ तथ्य पाई रहेको छु । अहिलेसम्म मैले गरेको अध्ययन र तथ्यांकले यस्तो वर्गीय, लैङ्गिक, जातिय विभेदको सोच राख्ने उच्च स्थानमा “उपाध्याय बाहुन” लाई देखाएको छ । यो प्रचलन पश्चिम जिल्लाको दैलेख, कालिकोट लगायततिर प्रमाणसहित अझै देख्न सकिन्छ । त्यहाँ जैसी, क्षेत्री र दलित जातियहरुले उपाध्याय बाहुनलाई ढोग्ने, घरमा कुनै नारी महिनावारी हुँदा घर देखि १ किलोमीटर टाढा राखेर बार्ने प्रचलन अझै छ । यस तथ्यांकसहितको सत्य कुराबाट के प्रमाण पुग्छभने नेपालमा विभेदको जरा उखालेको होइन केवल हाँगा मात्रै काटिएको रहेछ । यो बारेमा अझै शक्तिशाली शान्तिपुर्ण आन्दोलन र विभेद भएको ठाउँमा तुरुन्तै प्रतिकार गर्न सक्ने हिम्मत राख्ने मान्छेहरुको अभाव देखेँ ।

अन्त्यमा मैले भन्नै पर्छ, अहिले उपाध्याय बाहुनहरु लोभ हुने अवस्थामा छभन्दा फरक नपर्ला । किन यस्तो लोभ हुने अवस्थाको सृजना भयोभन्दा “घटुवा प्रथालाई प्राथमिकता दिएर आफ्नै वंशको नाश गर्ने काम आफैबाट भएर हो” भन्ने देखिन्छ ।
हामी सबैले यहीँबाट बुझ्न सकिन्छ, राम्रो कामको साथ लिदा जताततै आफ्नो नै आफ्नो हुन्छ, कुभलो सोचियोभने लोभ भएर जानेछौ ।

धन्यवाद ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!