✍️ रजिन ढुङ्गेल
ईलाम । कन्याम पुर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो । यो ईलाम जिल्लाको सुर्योदय नगरपालिकाको सीमा परिसरभित्र पर्दछ। यो पुर्वी नेपालको लोकप्रिय बनभोज स्थल पनि हो । यहाँ हजारौ मात्रामा पर्यटकहरू को घुइँचो लाग्ने गरेको छ । यहाँ पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवतजावत बढी हुने गरेको पाईन्छ । चिया बगानको सोन्दर्यता सँगै घोडाचढीको मज्जा लिन कन्याममा असोजको पहिलो सातादेखि पर्यटकको भिड लाग्ने गर्दछ ।
पुर्वी झापा, मोरङ, सुनसरीसँगै भारतको सिलिगुडी तथा कोलकोता लगायतका क्षेत्रबाट समेत पर्यटकको भीड लाग्ने गरेको पाईन्छ । कम्तीमा ४६ वटा घोडाले पर्यटकहरूलाई घुमाई रहेको कन्यामको चिया बगानमा दशै , नयाँ बर्षमा पर्यटकहरू ह्वात्तै बढ्ने गरेको पाईन्छ । यहाँ कन्यामको चिया बगानको अवलोकन मात्र नभएर सुर्योदय, सुर्यास्त, लोपन्मुख लेप्चा जातिको संस्कृति अवलोकन सम्म गर्न समेत सकिन्छ ।
१२ महिना भरी नै पर्यटकहरूको भीड लाग्ने कन्याममा बिशेष गरेर असोज महिना देखि पुष सम्म बढी मात्रामा आवतजावत भएको पाईन्छ । कन्याम अग्लो-होचो डाडाँ काडाको लामो श्रृङ्खलामा अवस्थित अति सुन्दर थलो हो । त्यसो त त्यस्ता डाडा कति छन् कति तर कन्याम भन्ने बित्तिकै सबैको मुखमा चियाबगान भन्ने शब्दहरू खेलिरहेका हुन्छन्। चियाबगानकै कारण ति डाडा काडा मात्रै नभएर धेरैका लागी आयआर्जनको स्रोत पनि बनेको छ । कन्याम चियाबगानको बीचै बीच नागबेली भएर अघि बढ्ने मेची लोकमार्गले पनि कन्यामको सुन्दरतालाई अझ बढावा दिएको छ । कन्यामको बीच भागतिर पर्ने लभडाडा सडकभन्दा करिब १०० को मिटरमा पर्दछ । धेरै प्रेमील जोडिहरू आउने, बस्ने, रमाउने भएको कारण यस डाडालाई लभडाडो भनेर नामाकरण गरिएको पाईन्छ ।
कन्यामभन्दा केही तल कान्छी पाथीभरा मन्दिर पनि रहेको छ । खास गरी पर्यटकहरू कन्याम घुम्ने भनेर आउछन्, रमाउछन्, फोटो खिच्छन्, कोशेलीको रूपमा स्थानीय तहमा उत्पादित छुर्पी, ललिपप, ग्रीन टि आदि लिएर जाने गरेको पाईन्छ । कन्याम त्यत्तिकै हरियाली छ । यहाँ अन्य सौन्दर्यताको आकर्षण दृश्यहरू बने झन् कन्यामलाई अझ बिश्वपरिवेशमा चितपरिचित गराई बिदेशी आयार्जनको बाटोलाई खोल्न सकिन्छ ।
(लेखक: झापा बुलेटिनको इलाम संवाददाता हुनुहुन्छ ।)