✍️रजिन ढुङ्गेल (ईलाम संवाददाता)

सरकारले गत असार १ गतेबाट लकडाउन खुकुलो बनाएपश्चात पूर्वको पहाडी जिल्ला इलाममा मानिसहरूको आवतजावत बढेको छ । सरकारले विभिन्न चरणमा लकडाउन खुकुलो बनाउने निर्णय गरेपश्चात पहिलो चरणमा २१ सेवा खुल्ने निर्णय गरेको थियो । जसअन्तर्गत अत्यावश्यक सेवा सहित पसल ,उधोगधन्दा कलकारखानाहरू रहेका छन् । सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेपश्चात निजी सवारी साधनहरू चलेको देख्न सकिन्छ भने सार्वजनिक सवारीसाधन भने संचालनमा आएका छैनन । पछिल्लो समय कोरोनाको सङ्क्रमण उच्च गतिमा बढे सँगै मानिसहरूमा त्रास बढ्न थालेको छ ।

यो समय थप सजगता अपनाउनु पर्ने भएता पनि सरकारले निर्णय गरेसँगै पसलहरू खुल्न थालेका छन्। मानिसहरूको चहलपहल बढ्न थालेपछि थप सतर्कता अपनाउनु पर्नेआमाजिक दुरी कायम गर्नुपर्ने देखिन्छ तर मानिसहरूले सामाजिक दुरी कायम गरेको देखिदैन ।
बजार खुल्न थालेपछि उपभोक्ताहरूलाई एकातिर सहजता मिले पनि अर्को तिर कोरोनाको थप त्रास समेत निम्त्याएको छ ।

पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि थप जोखिम समेत बढ्दै गइरहेको छ । बजार नै संचालनमा आउन थालेपछि मानिसहरू सामान खरिद बिक्रिका लागि विभिन्न ग्रामीण भेगबाट इलाममा आउन थालेका हुनभने अहिले फिक्कल, मङ्गलबारे, नयाँबजार लगायतका मुख्य बजारहरू खुल्न थालेका हुन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!