✍️रजिन ढुङ्गेल
इलाम, प्रदेश नम्बर १ का सांसद काजीमान कागते ले आफ्नो निर्वाचन क्षेत्र, इलाम क्षेत्र नं १ को “ख” भित्र रहेका ६ वटा सञ्चार संस्था र पत्रकारहरूलाई स्वास्थ्य सुरक्षा सामग्री अन्तर्गत सर्जिकल माक्स र सेनिटाइजर प्रदान गरेका हुन् । इलामका सञ्चारमाध्यमले नागरिकलाई सुसूचित गर्न प्रभावकारी भूमिका खेलेको भन्दै उनले सुरक्षा सामग्री प्रदान गरेका थिए । सञ्चारकर्मीहरुसँग बोल्दै काजीमान कागते ले विश्वका महाशक्ति राष्ट्र हरु कोरोना संग डराईरहेको बखत नेपाल सरकार र प्रदेश नम्बर १ ले प्रभावकारी भूमिका खेलको समेत स्पष्ट पारेका थिए। यस महामारीको अवस्थामा लकडाउनलाइ लाई विस्तारै खुकुलो बनाइ सुरक्षाको उपायहरु अवलम्बन गर्दै उद्योग र कलकारखाना सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको समेत जिकिर गरेका थिए ।
नेपालको अन्य क्षेत्रहरुमा भन्दा तुलनात्मक हिसाबमा इलाममा संक्रमितको संख्या कम देखिनुमा इलामे जनताहरु आफै सजक र सचेत रहनु को प्रतिफल भएको भन्दै इलामे जनतालाई उनले धन्यवाद समेत व्यक्त गरेका थिए ।त्यस्तै उक्त कार्यक्रममा सुर्योदय नगरपालिका बडा नं १० का वडा अध्यक्ष पेमा उगेन लामा र प्रेस सङ्गठन इलामका अध्यक्ष सुजन तिम्सिनाले पत्रकारहरूको लागि सामग्री प्रदान गर्नुभएकोमा सांसद काजीमान कागजलाई धन्यवाद दिएका थिए।