“बाख्रा पालन कसरी गरिने सजिलो उपाय”

Byadmin@jhapa_bulentin

३० जेष्ठ १५:५४ ३० जेष्ठ १५:५४ ३० जेष्ठ १५:५४

आजकल देश भित्र बाहिर रहेका युवा हरु को मुल रोजाइ मा पर्ने कृषि पेसा मा बाख्रा पालन पर्दछ । देश मा रहेका किसान हरु मध्ये ५४ % घर परिवार सग बाख्रा रहेको छ ।देश को बाख्रा को सख्या हेर्दा १ करोड ११ लाख जति रहेको छ ।नेपाल मा रहेको कुल बाख्रा को सख्या को ५२ % स्थानीय खरी बाख्रा रहेको छ। देश को माग धान्न को लागि बर्सेनि करिब ९-११ अर्ब को खसी बोका आयात गर्नु पर्छ।

क) नेपालमा रहेको रैथाने बाख्राका जातहरु:-
१) च्याङ्ररा
२) सिन्हाल
३) खरी
४) तराई (हाल तराई बाख्राको शुद्व जात पाउन अलिक कठिन छ)

ख) नेपालमा आयात गरिएका विदेशी जातहरु:-
१) जमुनापारी
२) बारबेरी
३) बिटल
४) डोमाकस
५) किको
६) सानन
७) सिरोही (अज्मेरी )
८) बोयर

👉️सानन बाख्रा दुधको लागी प्रख्यात छ ।
हाल नेपालमा बोयर बाख्राको माग अधिक रहेको छ। स्थानीय खरि जातको बाख्रा संसारको असल आमा मानिन्छ ।
बाख्राको अनुसन्धान गर्ने निकाय भनेको नेपाल कृषि अनुसन्धान परिषद हो । नेपाल बाख्रा सम्बन्धि धेरै काम भएको छ। बाख्रा सम्बन्धि हेफर इन्टर नेशनल अन्तर्राष्ट्रिय संस्थाले धेरै काम गरेको छ ।

ग) बाख्राको लागी उपयुक्त घाँस
१) भटमासे
२) मेन्डोला
३) राइखनियो
४) बकाइनो
५) मोरिङा( सितल चिनी )
६) नेपियर
७) धैचा
८) कटुस
९) साल
१०) इन्दु
११) इपिल इपिल
१२) निमारो
१३) किम्बु

धेरै प्रकारका स्थानीय या उन्नत बुत्त्यान घाँसहरु उपयुक्त हुन्छ । एउटा बाख्राको लागी दैनिक ५ केजी घाँस अवश्यक हुन्छ । जसमा १.५ केजि कोसे, ३.५ केजि अकोसे घाँस मिलाएर दिनु पर्छ । सधारणतया बाख्राले आफ्नो शारिरिक तौलको ३% सुख्खा पदार्थ खान्छ ।

👉️पानी कति दिने
बाख्राको लागि २४ घण्टा नै शुद्व सफा पानी उपलब्ध गराउनु पर्छ।

👉️प्रजनन व्यवस्था
बाख्रा पाल्दा ३० माउ बराबर एक बोका राख्नु पर्छ। बाख्रामा हाड नाता प्रजनन रोक्नुपर्छ । बोका खोजेको २० घन्टामा बोका उपयुक्त हुन्छ । हरेक बर्ष बोका फेर्नु पर्छ । पाठी ९ महिना पुगे पछि बोका लगाउनु पर्छ।

👉️बाख्राको लागी दाना व्यवस्थापन
बाख्राको लागि दाना १६ % प्रोटिन भएको दिनु पर्छ। जसमा कम्तिमा ५०% मकै हुनुपर्छ । दाना बनाउदा स्थानीय स्तरमा पाइने सस्तो खाद्य बस्तुको प्रयोग गर्नु पर्छ।

👉️कति बाट सुरु गर्ने बाख्रा पालन
बाख्रा पालन सुरु गर्दा थोरैबाट सुरु गर्नु पर्छ । ठुलो फार्म खोल्दा ३० माउ १ बोकाबाट सुरु गर्दा राम्रो नतिजा आउछ ।

घ) खोप
१) पिपिआर
२) खोरेत
३) इन्टेरोटक्सिमिया

👉️खोप अनिवार्य रूपमा लगाउनुपर्छ ।
👉️आन्तरिक परजीवी नियन्त्रण
👉️प्रत्येक ४-४ महिनाको फरकमा आन्तरिक परजीवी विरुद्ध औषधि खुवाउने गर्नु पर्छ।

ङ) खसी पारेर पाल्ने की के गर्ने?
👉️बाख्रा खसी पारेर भन्दा नपारेर पाल्दा फाइदाजनक हुन्छ । 👉️बोका ८/९ महिना बिक्री वितरणको व्यवस्था मिलाउदा राम्रो हुन्छ ।

च) बाख्राको खोर बनाउने सजिलो तरिका
👉️बाख्राको खोर काठले बनाउनु पर्छ।
👉️बाख्राको लागि घाँस खाने टाट्नो अनिवार्य बनाउनु पर्छ ।

छ) बाख्रा पालन गर्दा जानुपर्ने कुरा
१) बाख्रा पालन गर्दा लगानी २४ महिनाबाट मात्रै आउँछ ।
२) बाख्राको लगानी ४८ महिनामा मात्रै फिर्ता हुन्छ ।
३) ३० वटा बाख्राको लागी एक जना कामदार आवश्यक पर्छ ।
४) खोर बनाउदा दक्षिण पश्चिम मोहोदा फर्काएर बनाउनुपर्छ ।५) खोरको जुठो खस्ने भाग ५ फिट उपयुत हुन्छ ।
६) सबै विदेशी जात ल्याउनु भन्दा स्थानीय माउसँग उन्नत बोका लगायर क्रस गराउनु उत्तम हुन्छ ।
७) स्थानीय चरण क्षेत्रको उपयोग गर्न सकिने ठाउँमा बाख्रा पालन गर्दा फाइदाजनक हुन्छ ।
८) बाख्रा पालदा बिमा गर्नु बिर्सनु हुन्न ।
९) दानामुखी होइन घाँस मुखी बाख्रा पालन गरौं ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!