सुनसरीको इटहरीमा बुधबार साढेले हानेर एक जनाको मृत्यु भएको छ। साढेले हानेर इटहरी १० का अन्दाजी ७५ उमालाल चौधरीको मृत्यु भएको हो। बजारमा छाडा छोडिएको साढेले हानेर उमालालको मृत्यु भएको इटहरी १० का वडाअध्यक्ष प्रकाश चौधरीले बताए। वडाअध्यक्ष चौधरीको अनुसार साढेले हानेर घाईते भएका उमालालको उपचारको लागि विराटननगरको नोवेल अस्पताल लाने क्रममा मृत्यु भएको हो। डेढ बर्ष अघिपनि इटहरीमा साढेको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो भने आधादर्जन स्थानीयहरुलाई घाइते बनाउने साढे गोरु नियत्रणमा लिएर जगलमा छोडिएको थियो।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!