✍️ सन्तोष ढुङ्गेल
रोल्पा, त्रिवेणी-२, नुहागाउँ बाफे घर भएको मनिषा बुढाको बिहे १४ बर्षको सानो उमेर मै भयो । जब समय बित्दै गयो, बालिका मनिषाले आफू जस्तै एक बालिका छोरी जन्माइन । जिन्दगी हाँसीहाँसी, दुख-सुख चल्दैथियो किन कि साथमा आफुलाई एकदमै माया गर्ने श्रीमान त थियो….।
दिनप्रतिदिन छोरी बढेर ४ बर्षको भयिन । मनिषाको जिवनमा बज्रपात आयो । जुनबेला उनको श्रीमानले दोस्रो बिहे गरेर कतै फरार भएको थियो । छोराले बिहे गरेर अर्कै बुहारीसँग जीवन बिताउने भएपछि घर परिवार देखि पनि हेला हुन थाल्यो । घर परिवारको साथ सहयोग नपाउदा, माइती पक्षको आर्थिक स्थिति एकदमै नाजुक भए पछि उनीलाई के गर्ने कसो गर्ने सोच्नै सकिन । यता समयमा खानपिन नहुदाँ, सानो बच्चालाई दुख चुसाउने पर्ने हुँदा शरीर पनि कमजोर हुँदै जादैथियो ।
एकदिन मनिषाको तल्लो पेट एकदमै दुख्न थाल्यो । सो पीडाहरु गाउँले देख्न नसकेर गाउँभरी सहयोग मागेर अस्पताल लैजादा पित्तथैलीमा पत्थरीया र पित्तथैलीको मुनिको भागमा मासु पलाएको पत्ता लाग्यो । उपचार गर्न पैसाले नपुग्ने भएपछि त्यहि दुखाईलाई रोकथाम गरेर घर फर्किन ।
भाग्यको खेल सम्झिएर, भाग्यलाई दोष दिदै मनिषाले जिन्दगीलाई आफ्नो सन्तानको मुख हेरेर अगाडी बढाउने प्रयास गरिन । दिनचर्या बिताउने क्रममा जीवन सक्ने सोच नआएको होइन, त्यही छोरीको मुख हेरेर सिरानी आँसुले भिझाउदै बाँची रहेको छु, गहभरी आँसु बनाएर मनिषा सुनाउछिन ।
समयको कस्तो खेल फेरि मनिषाको जिवनमा अर्को एकजना केटो जिन्दगीभर साथ दिन्छुभनेर बाचा कसम खादै खुशी बनेर आयो । तर त्यो सम्बन्ध पनि २ बर्ष मात्रै टिक्यो । जब उनीहरु सङ्गै मर्ने सङ्गै बाच्ने कसम खाएर जुनिभर नछुट्टीने भएपछि फेरि सन्तान बनाउने सल्लाह बमोजिम एक जना छोरी जन्माईन । छोरीको जन्म भएको ६ महिनामा, त्यो केटोले पनि अर्कै केटि लिएर, भाडा लिएको बसेको रुम अलपत्र बनाएर कता गयो कता । खोज्न कता जाउ? के गर्ने सोच्नै सकेको छैन । मेरो जिन्दगीमा खुशि बनेर केही समय बस्छ, फेरि तुफान बनेर सबै सपनाहरू चुडाएर लैजान्छ ।
हिजोआज साथमा ६ बर्षे र ६ महिना छोरीहरु बोकेर दिनचर्या गुजारा गरि रहेको छ । ती छोडेर जाने श्रीमानहरुको बारेमा मुद्दा गर्नु नि भन्दा “हामीसँग त्यहाँ पुग्ने, हामी जस्तै गरिबको लागि मुद्दा लडि दिने को होला र? यहाँ आफ्नो लागि, छोराछोरीहरुको लागि खाने पैसा नभएर कति छाक भोकभोकै दिनरात कटाएको छौ? कताबाट न्याय खोज्दै अदालत धाउन सकिन्छ र” भनेर भन्छिन ।
अहिले आमाले काम नगर्दा ती २ बालिका भोकै हुनेछ । कतिन्जेल भोकै पेट भएको आमाको दूध चुसेर भोक मेटायोस ती ६ महिनाको बच्चाले । दुधबाट पनि के नै पो आउला र? एकातिर आफ्नो रोगको चिन्ता छ, अर्कोतिर अबोध बालिकाहरुको पीरले दिनहुुँ मर्नु जस्तो हुन्छ भनेर बताउँछिन मनिषा ।
हाम्रो देशमा मनिषा जस्तो धेरै छिन होला । कतिको उद्वार भयो होला? कतिको अझै हुन बाँकी होला । यहाँ पनि भाग्य न्यौपाने जस्तो पत्रकारहरुको खाँचो देखेँ । जुन दिन भाग्य न्यौपाने यो घटनाको बारेमा बुझ्न यी मनिषा भएको ठाउँमा पुग्नेछ तब मात्रै यी मनिषाको उद्वार हुनेछभन्ने कुरा मनिषाको नजिकको साथी सिता बताउँछिन, पुन: कुरा थप्दै झिनो आशाको भाव झल्कदैँ भन्छिन “कुरा गर्दा खाली मर्छु-मर्छु भन्छे, यदि कोहि यी मनिषाको जिवनमा भागवान बन्दै आएर सहयोग गर्दा हुनेथियो ।
https://www.youtube.com/watch?v=4V73fIiU_LI&feature=share