करेन्ट लागेर शनिश्चरेका आयुषको निधन

Byadmin@jhapa_bulentin

२९ जेष्ठ २१:५० २९ जेष्ठ २१:५० २९ जेष्ठ २१:५०

झापा अर्जुनधारा ८ शनिश्चरे बजारस्थित सुर्तीहट्टीका १४ वर्षीय आयुष राईको बिहीबार दिउँसो करेन्ट लागेर निधन भएको छ ।

एल्मुनियमको सामान लिएर साथीसँगै दमक गएका उनको सडक किनारमा रहेको बिजुलीको तारबाट करेन्ट लागेको थियो । गाडीबाट सामान झार्ने क्रममा एल्मुनियमको रडले बिजुलीको तारमा छोएपछि उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दमक ८ स्थित एक घरको सामान पुराउन गएको बेला बिहीबार दिउँसो ३ः५० बजे घटना भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा निधन भएको बताइएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!