सुनसरी : सुनसरी जिल्लाको धरान–१४ र धरान–४ लाई जोड्ने सेउतीको झोलुङ्गे पुलमनि १४ वर्षीय बालक मनिराज राई मृत भेटिएका छन।
बुधबार बिहानै सेउतीको पुलमनि भेटिएका युवाको शव पोष्टमार्टमको लागि इलाका प्रहरी कार्यालय धरानले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ। घटना के कसरी हुन पुग्यो भन्ने विषयमा प्रहरीले हत्या वा अन्य कारण पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान थालेको छ।
इप्रका धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले टाउँकोको दाहिनेपट्टि चोट देखिएको छ र रगतसमेत जमेको अवस्थामा भेटिएको छ। उनले बाँकी अनुसन्धान पछि नै थाहा हुने बताए। धरान–४ नारेका भए पनि उनी र बुबा करिब ४ वर्षयता दिदीको घर धरान–१४ मा बस्दै आएका थिए।
मृतक मनिराजले हातमा मोबाइलको कभर समातिरहेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो।